श्रीदेवी र इरफानलाई आइफा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

श्रीदेवी र इरफानलाई आइफा

shree devi

काठमाडौँ, १३ असार । श्रीदेवीलाई मरणोपरान्त उत्कृष्ट अभिनेत्रीको आइफा अवार्ड दिइएको छ । थाइल्यान्डको बैंककमा सोमबार राति आयोजित आइफा अवार्ड्समा उनलाई ‘मम’ फिल्ममा निर्वाह गरेको शीर्ष भूमिकाका लागि पुरस्कृत गरिएको हो ।

उक्त विधामा ‘सेक्रेट सुपरस्टार’ की जायरा वसिम, ‘शुभ मंगल सावधान’ की भूमि पेडनेकर, ‘बद्रीनाथ की दुल्हनियाँ’ की आलिया भट्ट र ‘तुम्हारी सुलु’ की विद्या बालन श्रीदेवीका प्रतिस्पर्धी थिए । स्वर्गीय पत्नीको अवार्ड थाप्न गएका बोनी कपुरले भावुक हुँदै मिश्रित भावना जागृत भएको बताएका थिए । ‘यति बेला दुवै खाले भाव आइरहेका छन्,’ उनले भने, ‘मेरो जीवनको उत्तराद्र्धको हरेक पलमा मैले उनलाई मिस गरिरहेको छु । अझै पनि उनी यहीं कतै छन् कि जस्तो लाग्छ ।’

बोनीले यसो भनिरहँदा आमा श्रीदेवीलाई जस्तै छोरी जाह्नवीलाई पनि साथ र सहयोग गर्न अनुरोध गरे । श्रीदेवीलाई मरणोपरान्त जी–सिने अवार्ड र नेसनल फिल्म अवार्डपछि आइफा अवार्ड मिलेको हो । त्यसै गरी, ‘हिन्दी मिडियम’ बाट इरफानले पनि उत्कृष्ट अभिनेताको अवार्ड पाए । उनले यस वर्षको नेसनल अवार्ड विजेता राजकुमार रावदेखि रणवीर कपुर, अक्षयकुमार र अदिल हुसैनसम्मलाई पछि पारेका हुन् । ‘हिन्दी मिडियम’ बाटै निर्देशनमा शाकेत चौधरी उत्कृष्ट घोषित हुँदा उत्कृष्ट फिल्म बनेको ‘तुम्हारी सुलु’ ले दोहोरो विधामा अवार्ड पाउन सकेन ।

उत्कृष्ट कथामा ‘न्युटन’ र पटकथामा ‘बरेली की बर्फी’ ले बाजी मारे । उत्कृष्ट छायांकनको आइफा अवार्ड ‘टाइगर जिन्दा है’ लाई दिइयो । सहअभिनेता र सहअभिनेत्रीतर्फ क्रमशस् नवाजुद्दिन सिद्दिकी र मेहर विज उत्कृष्ट बने । उत्कृष्ट सम्पादनको अवार्ड ‘न्युटन’ ले जित्यो । अनुपम खेरलाई आउटस्टयान्डिङ अचिभमेन्ट अवार्ड दिइयो । कान्तिपुरबाट

अघिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);