चौतर्फी विरोधपछि आईफा अवार्ड नेपालमा नहुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

चौतर्फी विरोधपछि आईफा अवार्ड नेपालमा नहुने

iifa

काठमाडौं, १८ असार । चौतर्फी विरोधपछि सरकारले आईफा अवार्ड नेपालमा नगर्ने भएको छ । संसद्को अन्तर्राष्ट्रिय समितिको मंगलबार बसेको बैठकले इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) नेपालमा नगर्न सरकारलाई निर्देशन दिएको थियो ।

आइफा अवार्ड नेपालमा आयोजना गर्दा आर्थिक भार धेरै पर्ने भन्दै समितिले सरकारलाई यस्तो अवार्डको आयोजना नगर्न निर्देशन दिएको थियो । समितिको निर्देशनसँगै सामाजिक सञ्जालमा पनि आइफा अवार्ड नेपालमा गर्न नहुने भन्दै चौतर्फी विरोधका स्वर गुन्जिएका थिए ।

सबैकुरालाई मध्यनजर गर्दै सरकारले उक्त अवार्ड नगर्ने भएको हो । सरकारले सन् २०२० को पर्यटन वर्षलाई लक्षित गरी पर्यटन प्रवर्द्धनका लागि आइफा अवार्ड नेपालमा गर्ने निर्णय गरेकाे थियाे । अवार्ड अगष्ट अन्तिम साता आयोजना हुने भनिएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);