आइफा अर्वाड नेपालमा गर्न स्वीकृत, सरकारको आलोचना  | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आइफा अर्वाड नेपालमा गर्न स्वीकृत, सरकारको आलोचना 

iifa awards in nepal

काठमाडौं, १७ असार । गएको विहिबारको मन्त्रीपरिषदको बैठकले इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी आइफा अर्वाड नेपालमा गर्न स्वीकृति दिएसंगै यस विषय अहिले विवादास्पद छ । पर्यटन प्रवद्र्धनको नाममा सरकारले करोडौ रकम आइफालाई दिन लागेको भन्दै सरकारको आलोचना भइरहेको छ । तर सरकारले भने रकम दिने निर्णय नभएको बताएको छ । कसको लगानीमा आइफा अवार्ड हुने र यसबाट नेपाललाई के फाइदा हुन्छ भन्नेमा अहिले पक्षविपक्षमा बहस चलिरहेको छ ।

आइफा अवार्ड भारतीय सिने जगतको चर्चित अवार्ड भएपनि यो अवार्ड कार्यक्रम भारतमा नभएर बाहिरी देशहरुमा आयोजना हुँदै आएको छ । हरेक वर्ष आयोजना गरिने यो अवार्ड कार्यक्रमको २० औं संस्करण नेपालमा गर्ने प्रस्ताव आएपछि नेपाल सरकारले आयोजना गर्नका लागी स्वीकृती दिएको हो । मन्त्रिपरिषद बैठकले नै यो स्वीकृति दिएको हो । मन्त्रिमण्डलको निर्णयसँगै कार्यक्रम गर्न झण्डै एक अर्ब लाग्ने समाचार बाहिरिएपछि यसको चौतर्फी विरोध भइरहेको छ । ठूलो धनराशी खर्च गरेर आयोजना गरीने यो अर्वाड कार्यक्रमका लागि नेपालले आर्थिक सहयोग गर्न आवश्यक छ या छैन भन्नेमा अहले बहस भइरहेको छ । सत्तपक्षकै नेता पनि यसको विरोधमा बोल्न थालेका छन् । अन्य देशहरुमा पनि यो अवार्ड कार्यक्रम आयोजना भइरहेकाले ति देशहरुले सुरक्षा र व्यवस्थापनमा सहयोग गरेपनि आर्थिक सहयोग दिने गरेका छैनन् ।

यो अवार्ड कार्यक्रमका लागि नेपाल पर्यटन बोर्ड आयोजकका रुपमा रहेको छ भने काठमाडौ महानगरपालिका सहआयोजकको रुपमा रहेको छ । काठमाडौ महानगरपालिका र पर्यटन बार्डले भने यसमा करोडौ रकम दिने भएका छन् । त्यस्तै नेपाल एयरलाइन्सले हवाई टिकटको व्यवस्था गर्ने र नेपाल होटल संघले बस्ने खाने व्यवस्था मिलाउने गरी कार्यक्रमको आयोजना हुन लागेको हो । सरकार भने आफुले एक रुपैया पनि नदिने बताइरहँदा धेरैले यसलाई जनतालाई झुक्याएको बताएका छन् । महानगरपालिका, पर्यटन बोर्ड जस्ता निकायहरु नेपाल सरकार मातहतकै भएकाले जसबाट भएपनि सरकारी रकम नै खर्च हुने विश्लेषक पुरञ्जन आचार्यको भनाई छ ।

यता अवार्ड आयोजनाको विषयमा नेपाली चलचित्र जगत पनि विभाजित छ । कतिपय कलाकार यो अवार्ड कार्यक्रममा सरकारको चासो र सहयोगलाई लिएर खरो विरोधमा उत्रिएका छन् भने कतिपयले यसलाई सकारात्मक रुपमा लिइरहेका छन् । नेपालले पनि धेरै फिल्मी फेस्टीबल मलेसिया हङकङ जस्ता मुलकमा गर्दा त्यँहाको सरकारले सहयोग गरेको हुनाले यसलाई पनि हामीले सकारात्मक रुपमा लिनुपर्ने चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको भनाई छ ।

कार्यक्रम आयोजना गर्न सरकारले अनुमती दिएपनि कार्यक्रम हुने कि नहुने अझै निर्णय भने भएको छैन । आगामी अगस्टको दोस्रो साता आइफा अगार्ड आयोजना गर्ने योजना रहेको छ । कार्यक्रमममा एक सय बढी भारतीय शीर्ष कलाकारको साथमा ६ सयको टोली नेपाल आउने बताइएको छ । तर अवार्ड आयोजनाको विषयलाई लिएर केहि कलाकारहरु र युवा त सडक प्रदर्शनमै उत्रिए । सरकारले नेपाली कलाकारलाई पाखा र विदेशीलाई काखा राख्ने गरी आइफा अवार्डमा ठूलो धनराशी गर्न लागेको सरकारमाथि आरोप छ । यद्यपी सरकारले सरकारी लगानी गर्ने निर्णय नभएको भन्दै स्पस्टिकरण दिंदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);