पूँजी बजारले राम्रोसंग काम नगरेर सरकारले हस्तक्षेप गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पूँजी बजारले राम्रोसंग काम नगरेर सरकारले हस्तक्षेप गर्ने

arthamantri khatiwada

काठमाडौं, १७ असार । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पूँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने बताउनु भएको छ ।

मंगलबारबाट राजधानीमा शुरु भएको बित्तिय साक्षरता सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री खतिवडाले पूँजी बजार संचालनमा सरकारले रोकावट नगरेपनि त्यसले राम्रोसँग काम नगरे कडा निगरानी राख्ने उल्लेख गर्नुभयो।उहाँले नेपालमा पनि पूँजी बजारले राम्रोसँग काम नगरेकाले नियमनकारी निकायलाई निगरानी गर्नु परेको स्पष्ट पार्नु भयो ।

अर्थमन्त्री खतिवडाले नेपालमा रेमिट्यान्सको पूँजी परिचालन गर्नेहरुलाई वित्तिय साक्षर बनाउनुपर्ने जोड दिनु भयो । ५० लाखभन्दा बढि युवाहरु वैदेशिक रोजगारीमा गएका कारण उनीहरुका परिवारका सदस्यले वित्तिय कारोबार गरेपनि उनीहरुलाई सुरक्षित र भरपर्दो बैंक तथा वित्तिय संस्थाहरुको बारेमा समेत जानकारी नभएको अर्थमन्त्री खतिवडाको भनाई छ । नेपाल धितो पत्र बोर्ड र ओईसिडीले वित्तिय साक्षरता बढाउने उद्देश्यका साथ सो २ दिने अन्तराष्ट्रिय सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा भारत, अमेरिका, सिंगापुर, थाईल्याण्ड, दक्षिण अफ्रिका, चीन, अष्ट्रलिया, भुटानसहितका पूँजी बजारका विज्ञहरु, लगानीकर्ताहरु सहभागी भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);