अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भईरहेको अर्थमन्त्री खतिवडाको दावी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भईरहेको अर्थमन्त्री खतिवडाको दावी

arthamantri khatiwada

काठमाडौं, २२ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भईरहेको बताउनु भएको छ । अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक हुँदाहुँदै पनि सरकारविरुद्ध भ्रम छर्न खोजिएको उल्लेख गर्दै त्यसले कसैलाई पनि फाईदा नपु¥याउने पनि स्पष्ट पार्नु भयो ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १० औं वार्षिकोत्सवलाई आईतबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले मुलुकको अर्थतन्त्रलाई कमजोर देखाएर आफ्नै खुट्टामा बञ्चरो हान्ने काम कसैले पनि गर्न नहुने पनि बताउनु भयो । अर्थमन्त्री खतिवडाले पूँजी बजारको नियमन राम्रोसँग गर्न नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डलगायतका निकायलाई पनि निर्देशन दिनु भयो ।

अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासका लागि उत्पादनमा बढावा दिन सरकारले लगानीको क्षेत्रको पहिचान गरिरहेको पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);