भ्रष्टाचार नियन्त्रण गर्न सरकारको गम्भिर ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

भ्रष्टाचार नियन्त्रण गर्न सरकारको गम्भिर ध्यानाकर्षण

madhav kumar nepal

काठमाडौं, २७ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भएको छ ।

वरिष्ठ नेता नेपालले युवाहरुलाई उद्यमशील बनाउन पनि प्रोत्साहनको नीति लिन सरकारलाई सुझाव दिनु भयो । सोमबारबाट काठमाडौंमा सुरु भएको ‘नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन’ को उद्घाटन गर्दै उहाँले बजेटको ठूलो हिस्सा भ्रष्टाचार हुने गरेकाले मुलुक अघि बढ्न नसकेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकार गम्भिर हुनुपर्ने स्पष्ट पार्नु भयो । वरिष्ठ नेता नेपालले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न, उत्पादन वृद्धि गरेर आम्दानी बढाउने कुराको उचित व्यवस्था सरकारले गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले युवा उद्यम विकासका लागि सरकारले आवश्यक लगानीको व्यवस्था गर्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याएको बताउनु भयो । उहाँले रोजगारीको अवसर सृजना गर्ने, उत्पादन वृद्धि गर्ने र मुलुकको आयातलाई प्रतिस्थापन गरेर अघि बढने सरकारको नीति रहेको पनि बताउनु भयो । अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक वृद्धिका लागि सरकारले कृषि उद्योगलाई पहिलो प्राथमिकता राखेको पनि स्पष्ट पार्नु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);