मिडिया काउन्सिल लगायतका विवादित विधेयक सहमति गरेर मात्रै अघि बढाइने | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

मिडिया काउन्सिल लगायतका विवादित विधेयक सहमति गरेर मात्रै अघि बढाइने

वर्षमान पुन

काठमाडौं, २७ साउन । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले मिडिया काउन्सिललगायतका विवादित विधेयकहरु सरोकारवाला निकायसँग सहमति गरेर मात्रै अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

मन्त्री पुनले सरकारले आफूले ल्याएको विधेयक एक्लै पास गरेर अघि बढ्ने पक्षमा नरहेको पनि स्पष्ट पार्नु भयो । ‘सरोकारवाला निकायसँग छलफल हुन्छ’, मन्त्री पुनको भनाई थियो, ‘सरोकारवाला निकायसँगको सहमति पछि मात्रै ती विधेयकलाई अघि बढाउन सरकार तयार छ ।’

नेपाल आदिवासी जनजाति पत्रकार महसंघ (फोनिज) को २० औं स्थापना दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकार समावेशी लोकतन्त्रको मूल्य र मान्यता अनुसार सबैको मत लिएर अघि बढन लागि परेको दावी पनि गर्नु भयो ।

मन्त्री पुनले पूरानै राजनीतिक प्रणालीको अवशेष अझै पनि बाँकि रहेको हुन सक्ने भएपनि सरकार नयाँ राजनीतिक ढाँचा अनुसार अघि बढन प्रतिवद्ध रहेको पनि बताउनु भयो । मन्त्री पुनले संविधानले समावेशीतालाई जोड दिएको उल्लेख गर्दै सरकार सोही मान्यता अनुसार अघि बढिरहेको दावी पनि गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);