सरकारले छिट्टै मिडिया विधेयक ल्याउदै | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

सरकारले छिट्टै मिडिया विधेयक ल्याउदै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले छिट्टै संसदमा मिडिया विधेयक अघि बढाउने बताउनुभएको छ ।

सोमवार प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँगको भेटघाट कार्यक्रममा मन्त्री शर्माले मिडिया विधेयकहरुलाई सरकारले तत्काल अगाडि बढाउने जानकारी दिनुभयो । त्यसका लागि आवश्यक सल्लाह सुझावहरु दिन उहाँले आग्रह गर्नुभयो । मन्त्री शर्माले आमसञ्चार क्षेत्रका लागि बनेका कानूनहरु अधिकांश पुराना भएकाले परिमार्जन गर्न आवश्यक रहेको भन्दै सरोकारवाला निकायहरुसँग सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको प्रष्ट पार्नुभयो । आमसञ्चार क्षेत्रको विकास,समृद्धि र सबलिकरण हुनु भनेको राज्यको सबलिकरण हुनु सरह रहेको उहाँको भनाइ थियो ।

मन्त्री शर्माले मिडिया सकारात्मक हुँदा मात्रै परिवर्तन सम्भव रहेको भन्दै मिडिया र सरकार सकारात्मक रुपमा जोडिएर अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो । नकारात्मक विषयमा आलोचना गर्दा कसैलाई बेफाइदा नहुने उहाँको भनाइ थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);