यूएसएआईडी प्रमुख सामन्था नेपाल आइपुगिन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

यूएसएआईडी प्रमुख सामन्था नेपाल आइपुगिन्

काठमाडौं, २४ माघ । अमेरिकी अन्तराष्ट्रिय सहयोग निकाय यूएस एआईडी प्रमुख सामन्था पावर दुईदिने भ्रमणका लागि नेपाल आइपुग्नु भएको छ । पावर दुईदिने भ्रमणका लागि मंगलबार बिहान नेपाल आइपुगेको नेपालस्थिति अमेरिकी दूतावासले जनाएको छ।  सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट नेपालको यो सबैभन्दा उच्च तहको भ्रमण हो ।

विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गरिरहेकी समान्था पावरको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको छ । राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डको भ्रमण भएको एक सातापछि पावर नेपाल आउनु भएको हो । नेपालको आर्थिक विकास, सूचना प्रविधि, जलवायु परिवर्तनसम्बन्धी विषय तथा ग्रिन हाइड्रोजन तथा एमोनियामा लगानीका बिषयमा पावरले उच्च अधिकारीहरुसँग छलफल गर्ने कार्यक्रम छ ।

पावरले प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । आजै उहाँले मंगलबार पाटनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने र बुधबार संचारकर्मीहरुसँग कुराकानी गरेर स्वदेश फर्किने बताइएको छ । भ्रमणमा पावरले नेपाल सरकार र जनतासँग अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिने बताइएको छ । पावरको नेपाल यात्राले आर्थिक, मानवीय र भूराजनीतिक मुद्दाहरूमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

एउटा युद्ध रिपोर्टरबाट व्यावसीयक यात्रा सुरु गरेकी पावर चर्चित लेखक , यूएनका लागि अमेरिकी राजदूत हुँदै यूएसएआईडीको प्रमुख तथा क्याबिनेट स्तरको उच्च अधिकारी हुनुभएको हो । सन् २०२१ को मे ३ मा यूएसआईडी प्रमुख अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय यूएस ए आईडीको प्रमुख हुनु भएकी पावरको पद क्याबिनेटस्तरको हो । उहाँ र अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्को सदस्य पनि हुनुहुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);