युएसएआईडीको प्रमुख पावर नेपाल आउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

युएसएआईडीको प्रमुख पावर नेपाल आउँदै

काठमाडौं, १८ माघ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिका नियोग (युसएसआईडी)को प्रमुख सामन्था पावर नेपाल आउने भएकी छिन् । अमेरिकी सरकारको मन्त्रीसरह मानिने अन्तर्राष्ट्रिय विकास नियोग (युसएसआईडी)की प्रमुख सामन्था फेब्रुअरीको पहिलो साता नेपाल आउने भएकी हुन् ।

युएसएआईडीले बुधबार एक विज्ञप्ती जारी गर्दै भ्रमणबारे जानकारी दिएको हो । प्रचण्ड नेतृत्वको सरकारमा विदेशी मुलुकबाट हुन लागेका उच्च तहको भ्रमण हो । सामन्थाको नेपाल भ्रमण माघ २२ गतेदेखि २४ गतेसम्म हुने तयारी भइरहेको छ ।

अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्ड फर्के लगत्तै अर्को उच्चस्तरिय भ्रमण हुन लागेको हो । अमेरिकाबाट मन्त्रीतहको भ्रमण २१ वर्षपछि हुन लागेको हो । तत्कालिन प्रधानमन्त्री शेरवहादुर देउवाको पालामा सन् २००२ मा तत्कालीन बुश प्रशासनका विदेशमन्त्री कोलिन पावेल नेपाल भ्रमण गरेका थिए । पावल राष्ट्रिय सुरक्षा परिषदकी सदस्य पनि हुन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);