उद्योग, व्यवसायलाई सरकारले विशेष सहुलियत दिनुुपर्छ : इन्द्र बानियाँ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

उद्योग, व्यवसायलाई सरकारले विशेष सहुलियत दिनुुपर्छ : इन्द्र बानियाँ

काठमाडौं, १८ माघ । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले कृषिमा आधारित उद्योग, व्यवसायलाई सरकारले विशेष सहुलियत दिनुपर्ने बताउनु भएको छ ।

बुधबार भक्तपुरको खरिपाटीस्थित डेरी उद्योगको अवलोकनका क्रममा उनले यस्तो बताउनु भएको हो । उहाँले कृषिमा आधारित व्यवसायले गाउँसम्म रोजगारी सिर्जना हुनुपर्नेमा जोड दिनुभयो ।

दुग्ध पदार्थको दिगो बजारीकरणबारेमा जानकारी लिदैं सभापति बानियाँले उद्योग सञ्चालनमा हुने कठिनाइलाई सहज गर्न आफ्नोतर्फबाट हुने सबै सहयोग गर्ने आश्वासन पनि दिनुभएको छ ।

बागमती प्रदेश सभाका सांसद समेत रहेका सभापति बानियाँसँगै प्रदेश सभा सदस्य प्रभात तामाङ र सुरेश श्रेष्ठ, चागुनारायण नगर प्रमुख जीवन खत्रीलगायतले उद्योगको अवलोकन गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);