राष्ट्रपति को बनाउने भन्ने विषयमा ओली प्रचण्डबीच मतभेद बढ्दो ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रपति को बनाउने भन्ने विषयमा ओली प्रचण्डबीच मतभेद बढ्दो ( भिडियो रिपोर्ट )

बटुक राज गिरि  \ माउन्टेन टेलिभिजन एचडी ।

काठमाडौं, माघ १८।  सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले राष्ट्रपति चयनबारे राष्ट्रिय सहमतिको निर्णय गरेपछि नेपाली काँग्रेस हौसिएको छ भने नेकपा एमालेमा सशंकित छ । प्रधानमन्त्री, संघीय संसदको सभामुख र उपसभामुख तथा प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्री भागबण्डा सकिसकेपछि राष्ट्रपति र उपराष्ट्रपति मात्रै चुन्न बाँकी हुँदा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको विषयले गठबन्धनमा खटपट बढ्दैछ । एमाले महासचिव शंकर पोख्रेलले पुस १० गते सरकार गठनको दाबी पेश गर्न शीतल निवास जानुअघि एमाले र माओवादीविच जुन किसिमको सहमति भएको हो त्यो कार्यन्वयन नभए एमालेले शुभ संकेतका रुपमा नलिने संकेत गरिसक्नुभएको छ।

एमालेबाट इश्वर पोख्रेल, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य देखि डोरमणी पौडेलसम्मको नाम राष्ट्रपतिका लागि चर्चामा छन् । राष्ट्रिय सहमतिको विषय उठ्नुले एमाले पंक्तिलाई झस्काइरहँदा नेपाली काँग्रेसवृत्तमा पनि उम्मेदवारहरुको चर्चा चलिरहेको छ । काँग्रेसबाट रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला देखि सुजाता कोइरालासम्म दाबेदार देखिएका छन् । सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिमा अगाडि बढाउन एउटा पक्ष सक्रिय भइसकेको छ । कांग्रेस सकेसम्म राष्ट्रपति आफ्नै पार्टीबाट बनाउन नसके एमालेको पोल्टामा पर्न नदिने भित्री रणनीतिमा छ । माओवादी केन्द्रले बालकोटको सहमति विपरित राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा उठाउनु र कांग्रेसले राष्ट्रपतिमा बलियो दाबेदार रहको भन्नुले पनि सत्ता गठबबन्धनमा खैलाबैला बढेको देखिन्छ ।

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति र पहलकदमीमा कांग्रेस नेतृत्व, विश्वासको मतको बदला राष्ट्रपतिको चुनावमा सहयोग पाउने आशामा छ । प्रचण्ड भने काँग्रेस र एमालेको विवादमा दुवै शक्तिनिकटस्थबाहेकलाई राष्ट्रपति बनाउने रणनीतिमा छन् । आफूलाई गोरखाबाट चुनाव जित्न सहयोग पु¥याएका डा. बाबुराम भट्टराईलाई राष्ट्रपति बनाउने दाउमा छन् प्रचण्ड । बाबुरामले पनि राष्ट्रपति बन्ने इच्छा व्यक्त गरिसकेका छन्  । गैरराजनीतिक व्यक्तिहरुमा खिलराज रेग्मी, कल्याण श्रेष्ठ, सुशीला कार्कीलगायतको नाम पनि आउन थालेको छ । राष्ट्रपति आफू पक्षधर हुँदा पार्टीको आन्तरिक शक्ति सन्तुलनमा पनि सहज हुने विगतका राष्ट्रपतिको भूमिकाबाट दलहरुले भोगेका छन् । संविधानको रक्षा र पालनामा भन्दा पनि राष्ट्रपतिलाई आफू अनुकल बनाउन दलहरुले तीब्र लविङ बढाई रहेका छन् । यसकारण पनि राष्ट्रपति चुनावको अघि या पछि सत्तासंघर्षले नयाँ परिणाम दिन सक्ने देखिदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);