राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनमा एमाले र माओवादी केन्द्र सहमति नजिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनमा एमाले र माओवादी केन्द्र सहमति नजिक

काठमाडौं, १ माघ । राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनमा एमाले र माओवादी केन्द्र सहमति नजिक, वाम गठबन्धनको कार्यदलले आगामी बुधबार सिट संख्या टुंगो लगाउने ।

नेकपा एमाले र माओवादी केन्द्र राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनमा सहमतिको नजिक पुगेका छन् । दुई पार्टीको कार्यदल दुई वटा बैठकपछि सहमतिको नजिक पुगेको हो । एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनमा भागबण्डाबारे गृहकार्य गर्न संयुक्त कार्यदल बनाएका थिए ।

कार्यदलको आइतबार सिंहदरबारमा बसेको बैठकमा तीन दिनभित्र पार्टी एकता संयोजन समितिलाई प्रतिवेदन बुझाउने सहमति भएको कार्यदलका सदस्यहरुले बताएका छन् । कार्यदलले राष्ट्रिय सभाको सिट संख्यालाई लगभग टुंग्याएको बताइएको छ । एमाले आफ्नो एकल बहुमत रहेका प्रदेशमा माओवादी केन्द्रलाई सिट दिन र दुई पार्टी मिलेर बहुमत पुग्ने प्रदेशमा बराबरीकै हाराहारीमा राष्ट्रिय सभा अन्तर्गतको बहुमतीय सिट बाँड्न तयार भएको छ ।

आगामी बुधबार बैठक बसेर राष्ट्रिय सभा बारेको जिम्मेवारी पूरा गर्ने नेताहरुले बताएका छन् ।
कार्यदलमा प्रदेशमा मुख्यमन्त्री र सभामुख फरक फरक दलको बनाउने गरी छलफल चलाइएको छ । मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्, प्रदेश सभामुख, उपसभामुख अनि समितिहरुमा ६० \ ४० कै आधारमा सिट बाँटफाँट गरिने कार्यदलका सदस्यहरुले बताएका छन् ।

प्रदेशसभाको निर्वाचनमा प्रदेश नम्बर १ र ३ मा एमालेको बहुमत रहेकाले ती दुवै प्रदेशमा एमालेकै मुख्यमन्त्री हुने र प्रदेश नम्बर ४, ५, ६ र ७ मा दुई पार्टी मिल्दा बहुमत पुग्ने भएकाले ती प्रदेशमा दुई पार्टीले २ \२ मुख्यमन्त्री लिने समझदारी भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);