प्रदेश प्रमुखको नियुक्ति भोलिसम्म नभए राष्ट्रिय सभाको निर्वाचन प्रभावित हुने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

काठमाडौं, १ माघ । निर्वाचन आयोगद्वारा प्रदेश प्रमुखको नियुक्ति भोलिसम्म नभए राष्ट्रिय सभाको निर्वाचन प्रभावित हुने चेतावनी, आयोगले बोलायो राष्ट्रिय दलको मान्यता पाएका दलका बैठक ।
पटक पटक ताकेता गर्दा पनि प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानी तोक्ने काम नभएपछि निर्वाचन आयोगले प्रमुख पाँच दललाई बोलाएको छ ।

आयोगले प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाएका पाँच दललाई बोलाएको हो । आयोगले नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाललाई मंगलबार आफ्नै सभाकक्षमा बोलाएको हो ।

राजनीतिक दाउपेच र खिचातानीका कारण प्रदेश प्रमुखको नियुक्तिका साथै अस्थायी राजधानी तोक्ने काम रोकिएको छ । आयोगले मंगलबारसम्म प्रदेश प्रमुखको नियुक्ति नभए राष्ट्रियसभा निर्वाचनको कार्यतालिका प्रभावित हुने चेतावनी दिएको छ । प्रदेश प्रमुखले शपथ दिलाएपछि मात्रै प्रदेश सभाका सदस्यहरू राष्ट्रिय सभाको चुनावका लागि मतदाता बन्न पाउने कानूनी प्रावधान रहेकाले प्रदेश प्रमुखको अभावमा कार्यतालिका प्रभावित हुने चेतावनी दिएको हो ।

राष्ट्रिय सभा निर्वाचनका लागि माघ ७ गते मतदाता नामावली प्रकाशित गर्ने तालिका बनाएको छ । तर आयोगले प्रदेश प्रमुखको नियुक्ति नहुँदा प्रदेश सभामा चुनिएका समानुपातिक सांसदको परिणाम नै बुझाउन पाएको छैन । आयोगले प्रदेश प्रमुखको नियुक्ति, शपथ ग्रहण र पद सम्हालेर प्रदेश सभा सदस्यहरूको शपथ ग्रहण गराउने जस्ता काम माघ ४ गतेभित्र भइसक्नुपर्ने बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);