राष्ट्रिय सभाको उपनिर्वाचन : आयोगद्वारा चुनाव चिह्न प्रदान, पाँच दल दर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

राष्ट्रिय सभाको उपनिर्वाचन : आयोगद्वारा चुनाव चिह्न प्रदान, पाँच दल दर्ता

काठमाडौं । निर्वाचन आयोगले जेठ ६ गते हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनका लागि पाँच दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । निर्वाचन प्रयोजनका लागि नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गरी पाँच दल दर्ता भएको आयोगले जनाएको छ ।

आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने र दल दर्ता गर्ने राजनीतिक दललाई निर्वाचन चिन्ह निर्धारण गरी प्रदान गर्ने निर्णय गरेको बिहीबार आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ।

आयोगले दल सम्बन्धी ऐनमा भएको मान्यता अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई सूर्य चिन्ह , नेपाली कांग्रेसलाई रुख चिन्ह , नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई लाकारभित्र हँसिया हथौडा चिन्ह , राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो चिन्ह , नेपाल मजदुर किसान पार्टीलाई मादल चिन्हको मतपत्रमा समावेश गर्ने निर्णय पनि आयोगले गरेको हो।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि प्रदेश सभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जना गरी जम्मा ३४८ जना मतदाताको नाम समावेश गरी तयार पारिएको आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);