प्रदेश सभाको अन्तिम नतिजा सार्वजनिक गर्ने काम रोकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रदेश सभाको अन्तिम नतिजा सार्वजनिक गर्ने काम रोकियो

काठमाडौं,२३ पुष । प्रदेश सभाको अन्तिम नतिजा सार्वजनिक गर्ने काम रोकियो, माघ २४ गतेका लागि तय गरिएको राष्ट्रिय सभाको निर्वाचन हुनेमा शंका ।

सरकारले प्रदेश प्रमुख नियुक्त नगर्दा प्रदेश सभाको अन्तिम नतिजा सार्वजनिक गर्ने काम रोकिएको छ ।
निर्वाचन आयोगले समानुपातिकतर्फको सिट बाँडफाँट गरी विजयी हुनेहरुको नामावली तयार गरिसकेपनि प्रदेश प्रमुखको अभावमा अन्तिम नतिजा सार्वजनिक नगरेको हो । आयोगले नतिजा सार्वजनिक गरेको सात दिनभित्र प्रदेश प्रमुखसमक्ष बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

आयोगले पटक पटक ताकेता गर्दा पनि सरकारले प्रदेश प्रमुख नियुक्त नगर्दाको असर आफ्नो काममा परेको बताएको छ । प्रदेश प्रमुखको नियुक्ति नभए माघ २४ गतेका लागि तय गरिएको राष्ट्रिय सभाको निर्वाचन रोकिने छ । प्रदेश सभाका सदस्य राष्ट्रिय सभा निर्वाचनका मतदाता हुन् ।

तर मत खसाल्नका लागि प्रदेशसभाका नवनिर्वाचित सदस्यले प्रदेश प्रमुखबाट सपथ लिनुपर्छ । संविधानअनुसार प्रदेश प्रमुखले अन्तिम मत परिणाम घोषणा भएको २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);