आइतबार प्रदेश सभाका सदस्यको सपथग्रहण : आयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

आइतबार प्रदेश सभाका सदस्यको सपथग्रहण : आयोग

nirbachan aayog

काठमाडाैं, ६ माघ । प्रदेशसभाका सदस्यहरुलाई भोलि पद तथा गोपनियताको सपथग्रहण गराइने भएको छ । राष्ट्रिय सभाको निर्वाचन अन्र्तगत भोलि मतदाताको नामावली प्रकाशन गर्ने तालिका सावर्जनिक गरेकाे निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गर्नुअघि प्रदेशसभाका सदस्यलाई सपथ खुवाइने जनाएकाे छ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखका अलावा प्रदेशसभाका सदस्य मतदाता हुन्छन् । प्रदेशसभाका सदस्यलाई सपथग्रहण गराउन नवनियुक्त प्रदेश प्रमुखहरु आज आ–आफ्नो मुकाम जाँदै छन् ।

नवनियुक्त प्रदेश प्रमुखहरुले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ खाएका थिए । निर्वाचन आयोगले प्रदेश प्रमुखहरुलाई प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा बुझाइसकेको छ ।

आयोगले अन्तिम नतिजा बुझाएको २० दिनभित्र प्रदेशसभाको बैठक बोलाउनुपर्ने तथा ३० दिनभित्र मुख्यमन्त्री चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सरकारले प्रदेश प्रमुखको कार्यालयमा २५ जनाका दरले कर्मचारी पठाउने तयारी गरेको छ । कर्मचारीहरु आइतबारसम्म आ-आफ्नो मुकाममा पुगिसक्ने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);