सरकार संविधानको अपव्याख्या गर्न लागि परेको नेम्वाङकाे आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सरकार संविधानको अपव्याख्या गर्न लागि परेको नेम्वाङकाे आरोप

Subash-chandra-Nembang

काठमाडाैं, ६ माघ । नेकपा एमालेका नेता एवम् पूर्व सभामुख सुवाष नेम्वाङले सरकार आफै संविधानको अपव्याख्या गर्न लागि परेको आरोप लगाएका छन् । एमाले नेता नेम्वाङले संविधानको अपव्याख्या गर्दै सरकार आफ्नो आयू लम्ब्याउन लागि परेको भन्दै आपत्ति जनाएका छन् ।

अनेरास्ववियूले शनिवार काठमाडौंमा आयोजना गरेको ‘सत्ता हस्तान्तरणको गतिरोध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनादेशलाई तार्किक निष्कर्षमा पुर्‍याउने दायित्व पूरा नगरेको भन्दै निर्वाचन आयोग प्रति पनि असन्तुष्टि व्यक्त गरे ।

नेता नेम्वाङले निर्वाचन आयोगले नतिजा सार्वजनिक गर्न नसक्दा प्रतिनिधिसभाका सांसदहरुले औपचारिकता पाउन नसकेको गुनासो गरेका छन् । नेता नेम्वाङले संविधानलाई देखाएर आफ्नो कमजोरी ढाकछोप गर्ने काम नगर्न  सत्तारुढ नेपाली काँग्रेसलाई चेतावनी दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);