सरकार गठनमा ढिलाई नगर्न सरकारलाई नेम्वाङको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सरकार गठनमा ढिलाई नगर्न सरकारलाई नेम्वाङको चेतावनी

Subash-chandra-Nembang

काठमाडौं, २३ पुष । नेकपा एमालेका नेता सुवाष नेम्वाङले नयाँ सरकार गठनमा ढिलाई नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

पूर्व सभामुख समेत रहेका नेम्वाङले सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति लामो राखेर नयाँ सरकार गठन गर्न ढिलाई गरिरहेको आरोप लगाए । उनले सरकार प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने जिम्मेवारी पर सारेर सरुवा, नियुक्ती र बढुवाको काममा लागि रहेको भन्दै आपत्ति पनि जनाए ।

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेम्वाङले जनादेश् अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन सरकारसँग माग समेत गरे । नेता नेम्वाङले सरकारले निर्वाचित जनप्रतिनिधिहरुलाई काम दिन समेत आलटाल गरिरहेको आरोप समेत लगाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);