गठबन्धनका दलहरुबीचअविश्वास चुलिँदै (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

गठबन्धनका दलहरुबीचअविश्वास चुलिँदै (भिडियो सहित)

काठमाडौं । दुईमहिना अघि केपीशर्मा ओलीलाई सत्ताबाट निकाल्दा देशमाआमुल परिवर्तन हुने आशा सत्ता गठबन्धनले देखाएको थियो । तर दिनप्रतिदिनआफैले चालेका कदममाअसफल र आलोचितबन्दै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारप्रति चरम असन्तुष्टि देखिनथालेको छ । जसले गर्दा मन्त्रिमण्डल बिस्तारदेखि महत्वपुर्ण विद्येकहरु अलपत्रमा परेका छन् ।

नेपालीकाँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व समालेको दुई महिनाभन्दा बढी समय भइसकेको छ । दुई महिनाभन्दालामो समय ठूलो उपलब्धीहासिलगर्न पर्याप्त त होइन तर देशमाव्याप्तअन्योल र अस्थिरताबाट मुलुकलाई स्थिरता प्रदानगर्ने गहनजिम्मेवारीमाभने जन अपेक्षाअनुसार देउवा सरकार चुक्दै गएको छ ।

मुलुककोरोना कहरमागुज्रिरहेका बेलानयाँ सरकार निर्माण भएकाले पनि यो सरकारलाई कामगर्न त्यति सजिलो भने छैन । यद्यपिदेउवा सरकारले जुनकिसिमको नेतृत्वलिनपर्दथ्यो त्यसमाचुक्दै गएको स्वयमकांग्रेस नेताधनराज गुरुङले बताए ।

मन्त्रिमण्डल गठनमा गरेको ढिलाई होस या महत्वपुर्ण अध्यादेशहरु निष्क्रियहुँदा कोरोनाको खोप खरीदमात्रहोइन, तेजाब आक्रमण गर्नेलाई २० बर्ष जेल सजाय र बलात्कार जस्ता हिंसा पीडित महिलाहरुकालागिबनाइएकाकानुनहरु पनिप्रभावितभएका छन् ।

अधिकांशमन्त्रालयमन्त्रीविहीनहुँदासिंहदरबारमाआउने अधिकांश सेवाग्राही रित्तो हातफर्किन बाध्यभएका छन् । एमाले अध्यक्षकेपीशर्मा ओलीलाई सरकारबाट हटाएर सत्ताको साँचो हातमालिएकापाँचदलअहिले आफै आन्तरिक विवादमाफस्दा सत्तागठबन्धनमै संकटका संकेतहरु देखिनथालेका नेकपाएमालेका नेता केशवप्रसाद पोख्रेलले बताउनुभयो ।

मन्त्रालयकै भागवण्डादेखि अध्यादेशहुँदै एमसीसीसम्मआइपुग्दा गठबन्धनभित्र अविश्वास चुलिँदै गएको छ । नयाँ सरकारसँगआमनागरिकको बढी नै आकांक्षाथियो तर सबै जनचाहना पूरा गरिहाल्ने बेलाभने नभएको राष्ट्रिय सभा सदस्या डा. खिमलाल देवकोटाको तर्क छ ।

असार २९ मा सरकारको नेतृत्व सम्हाल्नु भएका देउवाले दुई महिनाभन्दा धेरै समय बितिसक्दा समेत १६ मन्त्रालयलाई नेतृत्वविहिनबनाउनु भएको छ । २५ सदस्यीयमन्त्रिपरिषद्माप्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्रीका भरमापाँचदलीय गठबन्धन नेतृत्वको सरकारले दुई महिनाभन्दालामो समयसम्म पपुर्णतानपाउनुले गठबन्धन सरकार प्रतिदेखिएको आशानिराशामा परिवर्तन हुँदै गएकोे छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);