पौडेल पक्षमा समर्थन जुट्दै, देउवा र सिंहबाहेक अरुको समर्थन पाएको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पौडेल पक्षमा समर्थन जुट्दै, देउवा र सिंहबाहेक अरुको समर्थन पाएको दाबी

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा रामचन्द्र पौडेलको पक्षमा समर्थन जुट्दै गएको दाबी गरिएको छ । काठमाडौंमा शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा नेतृत्वका लागि उम्मेदवारी घोषणा भइरहेका बेला पौडेलको पक्षमा समर्थन बढ्दै गएको दाबी गरिएको हो ।

सभापतिमा उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधिले समर्थन जनाएको बताइएसँगै पौडेलको पक्षमा समर्थन बढ्दै गएको दाबी गरिएको हो । सभापतिमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइराला नाम चर्चामा छ । 

तर, आफ्नो पक्षमा समर्थन नजुटेपछि महाधिवेशनमै सहभागी नहुने भन्दै विज्ञप्ति जारी गर्ने तयारी गरेपछि पौडेललाई नेताहरूले रोकेका थिए । तत् पश्चात सिंह र कोइरालाले छाडे आफूले पनि पौडेललाई समर्थन जनाउने भन्दै निधिले विज्ञप्ति जारी नगर्न आग्रह गरेका थिए । 

पौडेलको पक्षमा देउवा र सिंहबाहेक अरुको समर्थन देखिएको पौडेलको सचिवालयले दाबी गरेको छ । ‘सिंहबाहेक संस्थापनइतर पक्षको समर्थन रामचन्द्रजीलाई देखिएको छ । विमलेन्द्र निधिले पनि समर्थन जनाउने भएपछि आजै बेलुकासम्म उम्मेदवारी टुंगो लाग्छ’, पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले न्युज कारखानासँग भने ।  
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);