माधव नेपाल कांग्रेस र माओवादी केन्द्रको मल बन्न गए : महेश बस्नेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

माधव नेपाल कांग्रेस र माओवादी केन्द्रको मल बन्न गए : महेश बस्नेत

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता महेश बस्नेतले माधव कुमार नेपाल काँग्रेस र माओवादी केन्द्रको मल बन्न गएको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेता बस्नेतले माधव कुमार नेपाल माओवादी र कांग्रेसको मल बन्न गएको बताएका हुन् । उनले नेता नेपालले पार्टीमा गरेको गद्दारी र आपराधिक कर्म इतिहासमा गम्भीर समस्या बन्ने बताए । नेता बस्नेतले पार्टीको ह्वीप उल्लंघन गर्ने केही मान्छेहरु चोइटिएर गएको नै उचित हुने कार्यकर्ताको भनाइ रहेको बताए ।

नेता बस्नेतले नेपालको राजनीतिमा दुई दलीय व्यवस्था हुन आवश्यक रहेको औँल्याए । स–साना पार्टीहरु मिलाएर नेकपा एमाले र नेपाली कांग्रेस मात्र बनाएपछि स्थिरता हुने र मात्रै देशको विकास हुने उनले बताए ।

नेता बस्नेतले अहिले नेपाली कांग्रेस लुम्बिनी र गण्डकीमा सरकार बन्यो भने खुशीयाली मनाइरहेको र लड्डु खाइरहेको तर सरकार कसरी बनेको छ त्यसमा विचार नगरेको बताए । उनले दीपक मनाङे र विमला वलीलाई कसरी परिचालन गरिएको छ भन्ने सबैलाई थाहा भएको पनि बताए ।

नेता बस्नेतले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र सभामुख अग्नीप्रसाद सापकोटाले गरेको अपराध नेपालको इतिहासमा धब्बाको रुपमा रहने बताए । उनले नेकपा एमाले फुटाउनका लागि देउवा, प्रचण्ड र सभामुख नै लागिपरेको उल्लेख गर्दै एमाले आउँदो निर्वाचनमा सशक्त पार्टीको रुपमा स्थापित हुने र बहुमतको साथमा आउने उल्लेख दाबी गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);