देश र जनताको सेवाबाहेक मेराे कुनै जागिर छैन : ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

देश र जनताको सेवाबाहेक मेराे कुनै जागिर छैन : ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको सेवाबाहेक आफ्नो अरु कुनै काम नभएको बताएका छन् ।

शुक्रबार काठमाडौंको चन्द्रागिरी हिल्समा आयोजना गरिएको ‘भिराडिल–चन्द्रागिरी जेसुम’ उत्सव कार्यक्रममा अध्यक्ष ओलीले देश र जनताको सवाबाहेक आफ्नो अरु कुनै जागिर नभएको स्पष्ट दिएका छन् ।

उनले जसले चाहेपनि आफूलाई सदुपयोग गर्न सक्ने उल्लेख गरे । त्यस अवसरमा अध्यक्ष ओलीले कार्यक्रममा बस्दाबस्दै कविता लेखेर बाचन गरेका थिए ।

अध्यक्ष ओलीले तीन वर्ष अघि पनि चन्द्रागिरि हिल्समा पुगेपछि ‘सपनामा भावी सन्तती मुस्कुराएको देख्न पाउँ’ भन्ने सन्देशको रचना सिर्जना गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);