एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुँदैनः अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुँदैनः अध्यक्ष ओली

काठमाडौं, २५ मंसिर ||
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने बताउनुभएको छ । सोमवार मध्यपहाडी संकल्प यात्राको क्रममा सिन्धुपाल्चोकको खाडीचौरमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले पार्टीले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने स्पष्ट देखिएको बताउनुभएको हो । उहाँले देश विकास र दिगो रक्षाको लागि देशभक्त,सुशासन,शान्ति, विकास प्रेमि र जनताका समस्या हेर्ने पार्टी नेकपा एमालको एकल बहुमतको सरकार बन्न आवश्यक रहेको बताउनु भयो । उहाँले एमालेलाई आन्तरिक र वाह्य शक्तिहरु मिलेर सरकारबाट हटाए र पार्टी फुटाए पनि पार्टीलाई कमजोर पार्ने सपना पुरा नभएको बताउनु भयो । उहाँले अब एमाले फेरी उठेर देशको लोकप्रिय पार्टी बनेको भन्दै अब लोकप्रिय मात्रै नभए बहुमत सहितको सरकार बनाएर बलियो शक्ति बन्ने बताउनु भयो । उहाँले अब कुनै भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि पार्टी पंक्तिलाइ अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्रिय हित र जनताको समस्या बुझ्ने पार्टी एमालेबाहेक अरु हुन नसक्ने बताउनु भयो । उहाँले समृद्ध नेपाल सुखी नेपालीको सपना मिसन ८४ भन्दा पनि पिस्कर काण्ड देखिएको सपना भएको उल्लेख गर्नुभयो । उहाँले मुलुकमा नेकपा एमाले बाहेकको अरु कुनै वैकल्पिक शक्ति नभएको स्पष्ट पार्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);