पाँच होइन १० दल मिले पनि एमालेले आफ्नै एकल बहुमत ल्याउँछ : ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पाँच होइन १० दल मिले पनि एमालेले आफ्नै एकल बहुमत ल्याउँछ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन् । एमाले भरतपुर नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठजोड नगरी एमाले एक्लैले बहुमत ल्याउने जिकिर गरे । यसका लागि एकताबद्ध भएर तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

‘अब हामी आफ्नै एकल बहुमत ल्याउँछौं । जोडजाड होइन, एकल बहुमत । ५० प्रतिशतभन्दा बढी मत समानुपातिक र ५० प्रतिशतभन्दा बढी सीट प्रत्यक्षमा ल्याउनुपर्छ । त्यसका लागि तयारीमा लाग्नुस् । हामी सफल हुन्छौं,’ उनले भने ।

ओलीले पाँच दल होइन १० मिलेर आए पनि एमाले बहुमतका साथ आउने चुनौती दिए । ‘एमालेको महासागर, महाभेल अब आउँदैछ । कसैले रोक्न सक्दैन । सचेत तयारी गर्नुपर्छ । आन्तरिक एकता गर्ने हो । लड्नलाई विरोधी छदैछन्,’ उनले भने ।

एमालेले चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेपालको गन्तव्यमा पुग्ने बाटो र नयाँ संकल्प गर्ने ओलीले बताए । ‘महाधिवेशनबाट गरेर बाहिर निस्केर देश बनाउन लाग्छौं,’ उनले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);