मुख्यमन्त्री बनिनसक्दै केक काटेर, बियर उडाएर उत्सव मनाए राईले | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

मुख्यमन्त्री बनिनसक्दै केक काटेर, बियर उडाएर उत्सव मनाए राईले

सुनसरी । प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका राजेन्द्र राईले केक काट्दै वियरसहितको पार्टी दिएका छन् । पाँच दलीय गठबन्धन नेपाली काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी सहितका ४९ सांसदको समर्थनमा मुख्यमन्त्री पक्का गरेपछि राईले पार्टी दिएका हुन् । 

इटहरीको एक होटेलमा सोमबार राति आयोजित कार्यक्रम राईले भावी मुख्यमन्त्रीका रूपमा केकसमेत काटेर खुसी साटेका हुन् । उनले केक काट्दै गरेको भिडियो ४ मिनेट २७ सेकेण्डको छ । त्यहाँ उनले केक काटेर बियर उडाएका छन् । 

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिवसमेत रहेका राईले मुख्यमन्त्री बनि नसक्दै स्याम्पियन फोडेर खुसीयाली मनाएका हुन् । सामाजिक सञ्जालमा राखिएको भिडियोमा उनले स्याम्पियन फोडेको पनि देख्न सकिन्छ । तर उक्त भिडियो केही समयमै डिलिट गरिएको छ ।

प्रदेश एकका मुख्यमन्त्री भीम आचार्यले साेमबार राजीनामा दिएका छन् । आचार्यको राजीनामा सँगै विपक्षी गठबन्धनको तर्फबाट प्रस्तावित मुख्यमन्त्री राजेन्द्र राईले दाबी पेस गरेका छन् ।विशेष स्रोतबाट प्राप्त भिडियोमा यो विषयमा सार्वजनिक नगर्नु भन्न सम्म भ्याएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);