शाक्य र आचार्यको दावी नेकपा एस कै मत पाएर सरकार बनाउँछौं (एक रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

शाक्य र आचार्यको दावी नेकपा एस कै मत पाएर सरकार बनाउँछौं (एक रिपोर्ट)

काठमाडौं । नेकपा एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठ भएसँगै एमालेको नेतृत्व रहदै आएको बागमती प्रदेश र प्रदेश १ को सरकार यतिबेला अल्पमतमा छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको पाँच दलीय गठबन्धनले दुवै प्रदेशका मुख्यमन्त्रीहरुलाई विश्वासको मत लिन अल्टिमेटम समेत दिइसकेका छन । तर नवनियुक्तद्धय मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र भीम आचार्य भने एकिकृत समाजवादीमा गएकै नेताहरुको मत पाएर एमाले नेतृत्वको सरकार टिकाउने दवी गरेका छन् ।

नेकपा एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादीका नेताहरुले मुख्य मन्त्री दाबी गरेसंगै बागमती प्रदेश र प्रदेश १ को सरकार परिवर्तन गर्न यतिबेला गठबन्धन दलका नेताहरु तीब्र रुपमा लागि परेका छन् ।

प्रदेश एकमा एकल बहूमतको सरकार सञ्चालन गर्दै आएको नेकपा एमाले विभाजनका कारण एमालेका १० जना प्रदेश सभा सदस्यले नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि भीमप्रसाद आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

अब प्रदेशमा विपक्षी गठबन्धनको सरकार बन्ने निश्चित बनेको छ । तर कुन दलबाट को मुख्यमन्त्री बन्दैछ भन्ने विषयमा निर्णय सार्वजनिक नभए पनि दुबै प्रदेशमा एकीकृत समाजवादीले दावी गर्दै आएको नेकपा एकिकृत समाजवादीका नेता राजेन्द्र राईले बताए

एकिकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालले सार्बजनिक कार्यक्रममै आफुहरुकै नेतृत्वमा बाग्मती प्रदेश र १ नम्बर प्रदेशमा केही दिन भित्रै सरकार बन्ने बताउँदै आउनु भएको छ ।

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत लिने सवैधानिक व्यवस्था अनुसारको ३० दिनको समयअघि नै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा विपक्षी गठबन्धन थियो । तर, अविश्वासको प्रस्ताव दर्ता गर्दा नै मुख्यमन्त्री को हुने भन्ने यकिन नामसहितको प्रस्ताव गर्नुपर्ने संवैधानिक व्यवस्थाले विपक्षी गठबन्धनलाई समस्या पारेको नेकपा एसका नेता राजेन्द्र पाण्डेले बताए ।

शाक्य र आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पनि एक चौथाई सांसदले हस्ताक्षरसहित विशेष अधिवेशन बोलाउनुपर्ने हुन्छ । गठबन्धन सरकारको केन्द्रमा मन्त्री परिषद् विस्तार हुन नसक्दा प्रदेशमा कसलाई नेतृत्व दिने भन्नेमा शीर्ष नेतृत्वबीच नै सहमति जुटिसकेको छैन । यसकारण प्रदेशमा विपक्षी गठबन्धन पर्ख र हेरको अवस्थमा देखिन्छ जसको फाइदा एमालेलाई परेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);