गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउँछः ओली | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८०, शुक्रबार

गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउँछः ओली

काठमाडौं, २२ मंसिर ||
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउने गरेको बताउनुभएको छ । शुक्रवार पोखरामा आयोजित महाकाली—मेची अभियानअन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बतउनुभएको हो । उहाँले वर्तमान सत्ता गठबन्धन नेकपा एमालेको बिरोध गर्ने काममा मात्रै लागेको आरोप लगाउनु भयो । उहाँले देश एमाले पार्टी बाहेकले बनाउन नसक्ने जिकिर गर्नुभयो । उहाँले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेको बताउनु भयो । उहााले यस अवस्थालाई तोड्नका लागि नेकपा एमालेले मिसन ०८४ अघि सारेको बताउनु भयो । अध्यक्ष ओलीले एमाले अहिलेका समस्या समाधानका लागि जनताको आवाज सुन्न यात्रामा निस्किएको बताउनु भयो ।

 

Leave a Reply