संक्रमणकालिन न्यायसम्बन्धि विधेयक आगामी अधिवेशनमा पारित हुन्छः सभामुख घिमिरे | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८०, शुक्रबार

संक्रमणकालिन न्यायसम्बन्धि विधेयक आगामी अधिवेशनमा पारित हुन्छः सभामुख घिमिरे

काठमाडौं, २२ मंसिर ||
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक संसदको आगामी अधिवेशनमा पारित हुने विश्वास व्यक्त गर्नुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित १५ औं मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन समारोहाम बोल्दै उहाँले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुले त्यसलाई टुंग्याउने गरी छलफललाई अघि बढाएकाले संसदको आगामी अधिवेशनबाट पारित हुने बताउनुभएको हो । सभामुख घिमिरेले संक्रमणकालिन न्यायसँग सम्बन्धित ऐनहरु निर्माणका लागि आफूले असहमत राजनीतिक शक्ति, नेतृत्व र पक्षसँगको छलफललाई अघि बढाएको र त्यसलाई टुंगो लगाउने विषयमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको दाबी समेत गर्नुभयो ।
त्यस अवसरमा सभामुख घिमिरेले मानव अधिकारसँग सम्बन्धित कानून निर्माणमा पनि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

 

Leave a Reply