कानून निर्माणमा केन्द्रीत हुन सांसदहरुलाई आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कानून निर्माणमा केन्द्रीत हुन सांसदहरुलाई आग्रह

काठमाडौं,२३ माकघ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राजनीतिक दलहरुले संसदको चालु अधिवेशनमा मुलुकलाई आवश्यक कानून निर्माण गर्ने र संसदीय गतिविधिहरुलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी रहेको बताउनुभएको छ ।

सोमवार शुरु भएको प्रतिनिधि सभाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै सभामुख घिमिरेले राष्ट्रका साझा मुद्दाहरुमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुलाई एकतावद्ध भएर अघि बढ्न पनि आग्रह गर्नुभयो । विगतका दुई अधिवेशनमा संसद नियमावलीको निर्माण तथा विषयगत समितिहरुले पूर्णता पाएसँगै संसदीय गतिविधिहरु क्रियाशील र जीवन्त हुँदै गएको उल्लेख गर्दै उहाँले चालु अधिवेशन मुलुकका लागि आवश्यक कानून निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिनु भयो । जनताको प्रतिक्रिया र सुझावलाई आत्मासात गर्दै संसदका चालु अधिवेशन नतिजामुखि हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

बैठक सुरु भएसँगै सोमबार नै सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० संसदमा पेश गरेको छ । अध्यादेश पेश गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पेश गर्ने र सो प्रक्रियामा हुने छलफलको अवधि पर्याप्त गर्ने उद्देश्यले अध्यादेश प्रतिनिधि सभा बैठकमा पेश गर्नुपरेको स्पष्ट पार्नुभयो ।

त्यसैगरी बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि थप थर्ने आदेश पनि पेश गर्नुभयो । प्रतिनिधि सभाको अर्को बैठक माघ २४ गते बुधवार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);