सत्ता गठबन्धन भत्काउन अनेक षडयन्त्र भईरहेको छ : अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सत्ता गठबन्धन भत्काउन अनेक षडयन्त्र भईरहेको छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धन भत्काउन अनेक षडयन्त्र भईरहेको बताएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारलाई झण्डै दुई तिहाई बहुमत नजिक पु¥याएपछि प्रतिक्रियावादीहरुले यसलाई नसोचेको कुरा भएको ठान्दै सत्तारुढ दलबीचको गठबन्धनलाई अझै पनि भत्काउने षडयन्त्र भईरहेको अध्यक्ष दाहालले बताए ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रतिगमनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई बचाउने प्रयास जारी रहेपनि अर्कोतिरबाट त्यसलाई टुटाउने प्रयास भईरहेको उल्लेख गरे ।

अध्यक्ष दाहालले भने, “सत्ता गठबन्धनलाई भत्काउने प्रयास अझै पनि जारी छ । नेताहरुबीच कतैं छिद्र छ कि ? काँग्रेस र कम्युनिष्ट भनाउन सकिने हो कि ? एमाले भित्र चलिराखेको छ नि फरमानको फरमान । एमसीसी अगाडि सारेर हुन्छ कि ? आईपीएस अगाडि सारेर हुन्छ कि ? यस्ता विषयलाई अघि सारेर सत्ता गठबन्धनलाई भत्काउन अनेक खालका कसरत भईरहेको बुझ्न जरुरी छ ।” अध्यक्ष दाहालले संसद विघटनको विरुद्ध एकैठाउँ उभिएका एमाले नेता भीम रावलको राजीनामा प्रकरण पनि सत्ता गठबन्धनलाई भत्काउने षडयन्त्र भएको जिकीर गर्नु भयो । “संसद विघटन विरुद्धको गठबन्धनमा राम्रो भूमिका खेलेका बडो स्पिरिटका साथ काम गरेका साथीहरु पनि ढले ।” उहाँले भन्नु भयो, “त्यो त्यत्तिकै ढलेको होईन् । त्यहाँ भित्र गम्भिर षडयन्त्र थिए । त्यति गरेर पनि गठबन्धन टुटाउन नसकेपछि देउवा नेतृत्वको सरकारलाई बहुमत आउन नदिन ठूलो कसरत भयो ।”

अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी ओली इतिहासमा नराम्रोसँग पछारिएपनि कमजोर ठानि हाल्ने अवस्था नरहेको दावी गरे । उनले सत्ता गठबन्धनमाथि जनताको पक्षमा दिनदिनै केही काम गरेर देखाउने चुनौति रहेको उल्लेख गदै मन्त्रीहरुलाई लापरवाही गर्ने कुनै छुट नभएको स्पष्ट पारे ।

अध्यक्ष दाहालले भने, “लापरवाही गर्ने छुट कुनै पनि मन्त्रीलाई छैन । साना साना भएपनि सकारात्मक काम हुँदै जानु अनिवार्य छ । कोही पनि मन्त्रीलाई अलिकति पनि छुट छैन्–लापरबाही गर्ने । यो बाँकि अवधि राष्ट्र र जनताको पक्षमा समर्पित गर्नु गर्नेछ । हुुनत सरकारले जनताको जीवन सुरक्षाका लागि कोरोना खोपलाई प्राथमिकता दिएर राम्रो कामको सुरुवात गरेको छ । तर अव यो राष्ट्रलाई नै क्याप्चर गरेर निरंकुशता लाद्न ओली नेतृत्वको सरकारले गरेको सेटिङलाई कानुन र संविधानसम्मत ढंगले परास्त गदै अघि बढनुपर्ने हुन्छ ।”

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);