जाली तमसुक गरेर ओलीले मलाई ठगे : अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जाली तमसुक गरेर ओलीले मलाई ठगे : अध्यक्ष दाहाल

सत्तारुढ गठबन्धनलाई कमजोर बनाउन खोजिदैं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केपी ओलीले जाली तमसुक गरेर आफूमाथि ठगी गरेको आरोप लगाएका छन् ।

अध्यक्ष दाहालले अध्यक्ष र प्रधानमन्त्री आधा–आधा हुने भनेर जाली तमसुकमा हस्ताक्षर गराएर आफूमाथि ओलीले ठगी गरेको टिप्पणी गरेका छन् ।

वाईसियल नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलामा बोल्दै उनले ओलीले जाली तमसुक गरेर प्रधानमन्त्री पद पड्काएपछि आफू हेरेको हेरिएकै परियो भन्ने दुःखेसो समेत पोखे ।

अध्यक्ष दाहालले ओलीसँग गठबन्धन गरेर के पायौं ? भनेर आफूमाथि सत्तारुढ दल भित्रैबाट प्रश्न आउने गरेको गुनासो समेत गरे । उनले सत्तारुढ गठबन्धनलाई कमजोर बनाउने कसरत भईरहेको उल्लेख गर्दै त्यसका विरुद्ध सशक्त ढंगले लाग्न पनि पार्टीको युवा संगठन वाईसियलका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष दाहालले युवाहरु नै पार्टीको मुख्य शक्ति भएको उल्लेख गर्दै हरेक कमिटीमा उनीहरुको २० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गराउने व्यवस्था पार्टीको विधानमा किटान गरिएको पनि स्मरण गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);