वाम गठबन्धनलाई फुटाउन ठूलो कसरत भईरहेको छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

वाम गठबन्धनलाई फुटाउन ठूलो कसरत भईरहेको छ : प्रचण्ड

Prachanda

काठमाडौं, १२ पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनलाई फुटाउन ठूलो कसरत भईरहेको दाबी गरेका छन् ।

अध्यक्ष प्रचण्डले वाम गठबन्धनलाई फुट्नबाट रोक्न सजक र सचेत रहनुपर्नेमा जोड दिए । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई समृद्ध बनाउने बाम गठबन्धनको संकल्प पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले नयाँ सरकार बन्ने वित्तिकै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने बताए । बाम गठबन्धनले सुशासन र विकासका प्राथमिकता निर्धारण गर्न कार्यदलनै गठन गरेको उनले स्पष्ट पारे ।

अध्यक्ष दाहालले जनादेश अनुसार सत्ता हस्तान्तरण गर्न समेत नदिने प्रयास भईरहेको भन्दै त्यसलाई असफल बनाउन नेपाली जनताको बलियो एकताको आवश्यक्तामा जोड दिए ।  उनले नेपाललाई सुखी र समृद्ध भएको देख्न नचाहने शक्तिहरुले नै सत्ता हस्तान्तरण प्रक्रियामा पनि अवरोध पुर्याईरहेको आरोप लगाए ।

अध्यक्ष प्रचण्डले मुलुकलाई स्थायित्व दिने र विकास निर्माणको कामलाई तीव्रता दिने जनताको आकांक्षा सम्बोधन गर्ने चुनौति बामपन्थी नेतृत्वको सामु आएको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);