देशकाे समृद्धि र विकास गर्ने जिम्मा वाम गठबन्धनको काँधमा : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

काठमाडौं, ६ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै दलसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले निर्वाचनपछि आफूहरुको काँधमा ठूलो जिम्मेवारी आएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न अझै विनम्र भएर अघि बढने स्पष्ट पारेका छन् ।

नेपाल देशभक्त गणतान्त्रिक मञ्च राष्ट्रिय समितिले बिहीबार काठमाडाैँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले निर्वाचनमार्फत् जनताले देशको समृद्धि र विकासको गतिलाई तीव्रता दिने जिम्मेवारी बाम गठबन्धनलाई दिएको बताए ।

उनले निर्वाचनबाट ५ वटा दल राष्ट्रिय दलको रुपमा उदाएको स्मरण गराउँदै मिलेर मुलुकलाई समृद्ध बनाउन लागि पर्ने स्पष्ट पारे ।

अध्यक्ष दाहालले नेपाली जनताले मुलुकको स्थायित्व र विकास गर्ने बाम गठबन्धनको एजेन्डालाई रुचाएकाले त्यसलाई पूरा गर्न सबै पक्ष एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);