वाम गठबन्धनलाई जनताले अनुमोदन गरेकाले अब छिट्टै पार्टी एकता : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

वाम गठबन्धनलाई जनताले अनुमोदन गरेकाले अब छिट्टै पार्टी एकता : प्रचण्ड

काठमाडौं, १ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा वामगठबन्धनले ऐतिहासिक सफलता प्राप्त गरेको भन्दै टुट्न नदिने प्रतिवद्धता जाहेर गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन कमिटीले शनिबार गरेको चियापान समारोहमा अध्यक्ष दाहालले वाम गठबन्धनलाई जनताले नै अनुमोदन गरिसकेकाले पार्टी एकता जनअनुमोदित भएको बताएका छन् ।

निर्वाचनमा वामगठबन्धनले प्राप्त गरेको ऐतिहासिक सफलताले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गरी विकासको नयाँ युग तर्फ लैजानेमा प्रचण्डले विश्वास प्रकट गरे । उनले नेपाल राष्ट्रको स्थायीत्व र सुशासन कायम गर्ने दृष्टिले वाम गठबन्धनको सफलता ऐतिहासिक कोशेढुङा भएको बताए ।

लामो समय देखि विभाजनबाट गुज्रिएको कम्युनिष्ट आन्दोलनलाई एक गर्दै मुलुकलाई राजनीतिक स्थायीत्व दिनका लागि गरिएको पार्टी एकता र त्यसले प्राप्त गरेको विजय एमाले र माओवादी केन्द्रको फ्युजन भएको भन्दै त्यसलाई कसैले विर्सन नहुनेमा उनको जोड थियो ।

निर्वाचनमा प्राप्त गरेको ऐतिहासिक सफलताले नयाँ प्रक्रिया र युगको सुत्रपात गरेको भन्दै उनले समाजवादको नयाँ आधार निर्माण गर्ने अवसर छुट्न नदिने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष दाहालले नयाँ परिवेश र नयाँ जनादेश अनुसार मुलुक अब सम्वृद्धि र शुसासन तर्फ उन्मुख भएको उल्लेख गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);