मेलम्चीको पानी प्रत्येक घरका धारामा दैनिक ५ घण्टा आउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

मेलम्चीको पानी प्रत्येक घरका धारामा दैनिक ५ घण्टा आउने

काठमाडौं, १२ माघ । काठमाडौं उपत्यकाबासीले मेलम्चीको खानेपानी उपयोग गर्न अझै दुई महिना कुर्नुपर्ने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तरगतको आयोजना निर्देशनालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चैत अन्तिम साताभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा आउन सक्ने अवस्था नरहेको जनाएको हो ।

निर्देशनालयका प्रवक्ता लिलाप्रसाद ढकालले मेलम्चीको पानीलाई व्यवस्थित ढंगले संचालन गर्नेगरी आवश्यक प्राविधिक र व्यवस्थापकीय कामलाई तीव्रता दिइएको बताए ।

निर्देशनालयले मेलम्चीको पानीलाई समानुपातिक ढंगले वितरण गर्ने गरी पाईपलाईन विस्तारको काम अघि बढाइएको जनाएको छ । निर्देशनालयका प्रवक्ता ढकालले अझै पाईपलाईन विस्तारको काम ३० प्रतिशत बाँकी नै रहेको बताए ।

मेलम्चीको पानीका लागि महाराजगंजदेखि कलंकीसम्म पाईपलाईन विस्तारको काम बाँकि छ । पूराना पाईपलाईनको व्यवस्थापन गर्नु परेका कारण नयाँ पाईपलाईन विस्तारको काममा ढिलाई हुन गएको प्रवक्ता ढकालको भनाइ छ । निर्देशनालयका अनुसार मेलम्चीको पानी आएपछि सुरुमा प्रत्येक घरका धारामा दैनिक ४ देखि ५ घण्टा आउनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);