बहुप्रतिक्षित मेलम्ची खानेपानीको सुरुङ निर्माण कार्य सकियो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बहुप्रतिक्षित मेलम्ची खानेपानीको सुरुङ निर्माण कार्य सकियो

melamchi_ooAkAXsz7z

दसैँ अघि नै मेलम्चीको पानी घरघरमा –

काठमाडौं, २७ चैत । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग खन्ने काम सकिएको छ । मेलम्ची खानेपानी आयोजनाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजनाको सुरुङ खन्ने काम सकिएको औपचारिक जानकारी गराएको हो ।

अन्तिम चरणको सिन्धु–ग्याल्थुम खण्ड ७ दशमलव ५ किलोमिटर सूरुङ बे्रक थ्रू भएसँगै आयोजनाको सुरुङ निर्माण कार्य मंगलबारबाट सकिएको हो । आयोजनाको सुरुङ निर्माणको काम ३ खण्डमा विभाजन गरेर सुरु गरिएको थियो ।

आगामी बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ब्रेक थ्र्रू कार्यक्रम आयोजना गर्न लागिएको पनि आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिए ।

दसैँ अघि नै मेलम्चीको पानी घरघरमा
आयोजनाले २६ किलोमिटर लामो सुरुङ खन्ने कामलाई ऐतिहासिक उपलब्धि भनेको छ । पत्रकार सम्मेलनमा बोल्दै खानेपानी तथा सरसफाई मन्त्री विना मगरले दसैँ अघि नै मेलम्चीको पानी काठमाडौंको घरघरमा उपलब्ध गराउने दावी गरेकी छन् ।

उनले काठमाडौं उपत्यका भित्र मेलम्चीको पानी घरघरमा पुर्याउने गरी पाईनलाईन विस्तारको कामलाई पनि तीव्रता दिइएको बताएकी छन् । मन्त्री मगरले कार्यभार सम्हाले लगत्तै आयोजनाको स्थलगत निरीक्षण गरी दसैं अघि नै मेलम्चीको पानी काठमाडौंको घरघरमा आउने व्यवस्था गर्न सम्बन्धित निकायलाई सचेत गराउँदै आएकी छन् । कार्यक्रममा हालसम्म आयोजना निर्माणका लागि २४ अरव २२ करोड खर्च भएको पनि जानकारी दिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);