फेरि झुक्याएको मेलम्चीले काठमाडौँबासीलाई | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

फेरि झुक्याएको मेलम्चीले काठमाडौँबासीलाई

फूलमाया आले
काठमाडौं, २० फागुन । मेलम्ची आयोजनाले फेरि एकपटक काठमाडौँ उपत्यकाबासीलाई झुक्याएको छ । नयाँ वर्षदेखि मेलम्चीको पानी उपत्यकाबासीले उपभोग गर्न पाउने भन्दै पत्रकार सम्मेलन गरेको आयोजनाले बैशाखमा पानी ल्याउन नसक्ने भएको हो । उसले अब अर्को भाका तोक्न बाँकी छ ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने जिम्मा पाएको इटालियन कम्पनी सीएमसी डी राभेन्नाँले काम नगर्दा समयमै पानी आउने अनिश्चितता बढेको छ । सन् २०१३ जुलाई १० तारिकबाट सुरु भएको मेलम्ची खानेपानी आयोजनाको कार्य सेप्टेम्बर २०१६ मा नै सकिुनपर्ने थियो । तर, पटक–पटक समय थप्दा पनि काम सम्पन्न नहुने भएको छ ।

पछिल्लो पटक थपिएको म्याद यहि मार्च महिनाको २६ तारिमा सकिँदै छ । २७ दशमलव ५ किलोमिटरमध्ये २ सय ४० मिटर सुरुङ खन्न बाँकी नै रहेकोले अबको २२ दिनमा काम लगभग सम्पन्न नहुने भएको हो । ठेकेदारले अहिले दैनिक रुपमा मुस्किलले ४ देखि ६ मिटर जति मात्र सुरुङ खन्दै आएको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिइएको छ । साथै यस मार्च महिनाको ३ दिन काम नै नभएको समेत जनाइएको छ ।

सुरुङ खनेपछि गर्नुपर्ने कंक्रिटिङको काम गर्न पनि सीएमसीले ढिलासुस्ती गरेको छ । खनिएको सुरुङ ढलान गरेर अन्तिम रूप दिनुलाई कंक्रिटिङ भनिन्छ । गत वर्ष उपकरण अभावमा समयमा कंक्रिटिङ गर्न नसकिएको बताएपछि एसियाली विकास बैंक (एडीबी)ले सीएमसीलाई उपकरण खरिद गर्न रकम उपलब्ध गराएको थियो । तर, पनि सुरुङ खन्ने कामले गति लिन सकेको छैन । ठेकेदार कम्पनीको कमजोर व्यवस्थापनको कारण ढिलासुस्ती भइरहेको समितिले जनाएको छ । त्यसैले सरकारले पछिल्लो पटक तोकेको समय आगामी चैतसम्ममा पनि मेलम्चीको पानी काठमाडौंमा नआउने भएको छ ।

सरकारले हरेक पटक समय तोक्ने र फेरि पछि सार्ने गरेका कारण मेलाम्चीको पानी आउँछ भनेर सर्वसाधारण विश्वस्त हुन सकेका छैनन् । यसैले पछिल्लो पटक सरकारले तोकेको समयमा पनि राजधानीमा मेलम्चीको पानी ल्याउन असफल हुने भएकोले सरकार थप आलोचित बन्ने पक्का भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);