खानेपानी मन्त्री थापाद्वारा मेलम्ची सुरुङमार्गको अवलोकन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

खानेपानी मन्त्री थापाद्वारा मेलम्ची सुरुङमार्गको अवलोकन

काठमाडौं, ११ माघ । ​​​​​​​खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुन्दरीजल क्षेत्रको सुरुङमार्गको अवलोकन गर्नुभएको छ । मन्त्री थापाले आइतबार मेलम्ची खानेपानी आयोजना अन्तर्गतको सुन्दरीजल क्षेत्रमा निर्माणाधिन भौतिक संरचना र सुरुङमार्गको अवलोकन गर्नुभएको हो ।

अवलोकन गर्दै मन्त्री थापाले सुरुङमार्गको काम सन्तोषजनक भएको प्रतिक्रिया दिनुभयो । अवलोकनपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री थापाले सुरुङ निर्माणको काम प्राविधिक रुपले सफलतातर्फ गइरहेको अनुभुति भएको बताउनुभयो ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले सुरुङको काम सम्पन्न भइसकेको भएपनि परिक्षण अघि विज्ञ समूहलाई निरिक्षण गराएको र उक्त समूहको सुझावको आधारमा सुरुङको दिगोपनाको लागि केही सुधार गर्नुपर्ने भएकाले हाल सुधारका काम भइरहेको बताउनुभयो । 

सुरुङमा थालिएको सुधारको काम तीन हप्तामा सकेर फागुन पहिलो साताबाट पानी पठाई परीक्षणको काम शुरु गरिने पनि कार्यकारी निर्देशक खत्रीले बताउनुभयो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);