पोखरा महानगरपालिका–१५ अमिनतारमा जमिन भासिन थाल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पोखरा महानगरपालिका–१५ अमिनतारमा जमिन भासिन थाल्यो

पोखरा, ११ माघ । पोखरा महानगरपालिका–१५ अमिनतारमा जमिन भासिन थालेको छ ।

जमिन भासिन थालेपछि स्थानीयहरु त्रसित बनेका छन् । एक्कासी जमिन भासिन थालेपछि देखिएका समस्या समाधानका लागि स्थानीयले पोखरा महानगरपालिकाको सहयोग मागेका छन् । महानगरपालिकाका मेयर मानबहादुर जिसि लगायतको टोलीले स्थलगत अवलोकन गरिसकेको छ ।

जमिन भासिएर स्थानीय चार परिवार विस्थापित भएको र महानगरले ती परिवारलाई राहत दिने प्रतिबद्धता व्यक्त गरेको छ । विस्थापित घरपरिवारलाई स्थानीय र वडा कार्यालयको सहयोगमा बस्ने खाने व्यवस्था मिलाईएको वडा नं १५ को कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);