पहिराेका कारण जमिन चिरा पर्न थालेपछि स्थानीय विस्थापित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पहिराेका कारण जमिन चिरा पर्न थालेपछि स्थानीय विस्थापित

सुनसरी,५ असाेज। लगातारको बर्षाका कारण सुनसरीको धरान–२० विष्णुपादुका स्थित आपटारमा पहिरो जादँा ७ घर परिवार पूर्ण रुपमा विस्थापित भएका छन् । जमिन चीरा चीरा परेर घरहरु भासिन थालेपछि असुरक्षाका कारण पुग्दा स्थानीय विस्थापित भएका हुन् ।

धरान २० विष्णुपादुका स्थित आपटार क्षेत्रको वस्तीमा जमिन चिरा चिरा पर्न थालेपछि स्थानीय विस्थापित भएका छन् । उक्त क्षेत्रको जमिनमा एक्कासी धाजा फाट्न थालेको हो । एक्कासी जमिन चिरा चिरा परेर जमिन भासिन थाले पछि ज्यान जोगाउन स्थानीयले भागदौड गरे । हेर्दाहेर्दै घरहरु भासिन थालेको स्थानीयले बताएका छन् ।

स्थानीयका घर तथा खेतमा पूर्ण क्षति भएपनि दिउँसोको समय भएकोले मानवीय क्षती हुनबाट जोगिएको उनीहरुको भनाई छ । अहिले उनीहरु छिमेकीका घरहरुमा आश्रय लिएर बस्न बाध्य छन् ।यो विपत्तीले घरमात्र हाेइन उनीहरुले दुख गरेर लगाएको अन्नबालीमा समेत ठुलो क्षती पुगेको छ।

गाउँ नैै पहिरोले क्षतविक्षत भएपछि गाउँमा पुग्ने सडक अवरुद्ध भएको छ । त्यस्तै खानेपानी, विजुलीका पोलमा समेत क्षती पुगेको छ । उनीहरुलाई अहिले जिल्ला रेडक्रस सोसाइटी सुनसरीले राहत उपलब्ध गराएको छ । वडा कार्यालयले आपटारमा नसोचेको घटना घट्दा ७ घरपरिवार विस्थापित भएको जानकारी दिएको छ । विस्थापित परिवारलाई कसरी सहज रुपमा व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा गम्भीर भएर लागेको वडा कार्यालयको भनाई छ ।

स्थानीयहरुले जोखिम न्यूनिकरणकालागि स्थानीय सरकार तथा सम्बन्धित पक्षलाई २ हप्ता अगाडि नै जानकारी समेत गराएका थिए । स्थानीयको जानकारी पश्चात सम्बन्धित पक्षले अनुगमन समेत गरेको थियो । तर अनुगमनपछि पनि समस्यालाई गम्भीर रुपमा नलिएकै कारण ठूलो क्षति व्यहोर्नुपरेको स्थानीयहरुको आरोप छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);