प्रधानमन्त्री ओलीद्धारा निर्माणाधिन नागढुङ्गा–नौबिसे सुरुङमार्गको निरिक्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीद्धारा निर्माणाधिन नागढुङ्गा–नौबिसे सुरुङमार्गको निरिक्षण

काठमाडाैं, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन नागढुङ्गा–नौबिसे सुरुङमार्गको निरिक्षण गर्नुभएको छ । आइतबार नागढुङ्गाको दहचोक टुटेपाखा स्थित सुरुङमार्ग निर्माणधिन स्थलमा पुगेर अवलोकन गर्नु भएको हो ।

प्रधानमन्त्री ओलीलाई आयोजनाका कन्सल्टेन्सी कोअर्डिनेटर रमेश प्रसाद कोइरालाले निर्माण कार्यको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले अवको १३ महिना भित्रमा सुरुङ खन्ने कार्यको ब्रेक थ्रु हुने गरी काम भइराखेको समेत बताउनुभयो ।

सुरुङमार्ग निर्माण कार्यको निरिक्षण गर्न प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ पनि पुग्नु भएको थियो । सो अवसरमा मन्त्री नेम्बाङ्ले ४२ महिनामा निर्माण सम्पन्न गर्ने समय अवधि तोकिएको भएपनि अहिले सम्म १५ महिना व्यतित भइसकेको र अझै २७ महिना बाँकी रहेकोले अहिलेकै गति अनुसार निर्माण कार्य भइराखे समयमै निर्माण सम्पन्न हुने बताउनुभयो ।

नागढुङ्गा सुरुङमार्ग आयोजनाको निर्माण कार्य जापानी कम्पनी हाजमा–आन्द्रो जेभीले गरिरहेको छ । सुरुङमार्ग निर्माणका लागि विकास सहायता कार्यान्वयन महाशाखा र हाज्मा आन्द्रो जेभीबीच २०७६ असोज ६ गते सम्झौता भएको थियो । तर सुरुङ खन्ने काम भने गत पुस देखि शुरु भएको थियो । दहचोक देखि सिस्ने खोलासम्म सुरुङको लम्बाई २ दशमलव ६८ किलोमिटर रहेको छ भने चौडाई ९ दशमलव ५ मिटर रहको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);