नागढुङगा-नौविसे सुरुङमार्ग निर्माणका लागि जापान सहमत | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नागढुङगा-नौविसे सुरुङमार्ग निर्माणका लागि जापान सहमत

surung

प्रमिला भण्डारी

काठमाडौं, ४ कात्तिक । नागढुङगा नौविसे सुरुङमार्ग निर्माण कार्यले गति लिएको छ । सुरुङमार्ग निर्माणका लागी जापानको हाज्मा एन्डो कम्पनी र नेपाल सरकारबीच निर्माण सम्झौतामा हस्ताक्षर समेत भईसकेको छ ।

निर्माण सुरू भएको ४२ महिना भित्रमा सक्ने गरि सम्झौता भएको यो सुरुङमार्ग नेपालको पहिलो सुरुङमार्ग हुने छ । सुरुङ मार्ग निर्माण भए पछि नागढुङगा नौविसे सडक मार्गमा हुने अत्याधिक जामको समस्या भोगिरहेका सर्वसाधारण समस्या समाधान हुने विश्वासका साथ खुसी भएका छन् ।

नैविसे नागढुङगा सडक खण्डमा सुरुङ मार्गको तयारी भईरहेको छ । जापानी कम्पनी हाज्मा एण्डो र सरकारबीच निर्माण सम्झौता समेत भईसकेको छ । तर निर्माण कार्य भने माघ÷फागुन महिना बाट मात्र हुने सडक विभाग अन्तर्गतको नेपाल विकास सहायता समन्वय महाशाखाले जनाएको छ । अहिले निमार्ण सामाग्रीहरु संकलनको तयारी भईरहेको छ । निर्माण सुरु भएको ४२ महिना भित्रमा निर्माण कार्य सम्पन्न हुने गरि ठेकेदार कम्पनी संग सम्झौता भएको छ । कुल १३ अर्वको लगानीमा निर्माण कार्य सम्पन्न गर्ने गरि सम्झौता भएको हो ।

आयोजना निर्माणका लागी नेपाल सरकारको साथै जापानी अन्तराष्ट्रिय सहयोग नियोग जाईकाको पनि आर्थिक सहयोग रहने छ । जापानको हाम्जा एण्डो कम्पनीले नेपालका थुप्रै आयोजनाहरु समयमै सम्पन्न गरेको हुनाले सुरुङमार्ग निर्माण कार्य पनि समयमै सम्पन्न हुनेमा विश्वस्त रहेको महाशाखाको भनाई छ ।

नागढुङगा नौविसे सडक खण्डमा अत्याधिक हुने जामको कारण सर्वसाधारण हैरान भईसकेका छन् । तर सुरुङमार्ग निर्माण भए पछि भने जामको समस्या हट्ने सर्वसाधारणको विश्वास छ ।

सुरुङ मार्गको निर्माण प्रती स्थानीय बासीन्दा पनि खुसी छन् । देशमा विकास निर्माणका कामले गति लिएको स्थानीयको धारणा छ । सूरुङमार्ग निर्माण गर्ने भनेर लामो समय देखि भन्दै आए पनि बन्न सकेको थिएन तर अब भने सुरुङमार्ग चाँडै बन्नेमा स्थानीय बासीन्दा पनि विश्वस्त छन् ।

नेपालको पहिलो यो सुरुङमार्गको लम्बाई २ दशमलव ७ किलोमिटर हुने छ भने ९ दशमलव ५ मिटर चौडाइको हुने छ । सुरुङ मार्गको उचाइ झण्डै १८ फिटको हुने छ । सुरुङमार्गको प्रस्थान तथा अन्तीम स्थल धादिङ र काठमाण्डौको सिमा जोडिएको सिस्ने खोला र काठमाण्डौको चन्द्रागिरि नगरपालिका १ मा रहने छ । सुरुङमार्ग थानकोट—कलंकी सडकमा फ्लाइओभर मार्फत पनि जोडिने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);