मेलम्ची खानेपानीको सुरुङमा आजदेखि पानी पठाएर परीक्षण गरिने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मेलम्ची खानेपानीको सुरुङमा आजदेखि पानी पठाएर परीक्षण गरिने

काठमाडाैं, १० फागुन । मेलम्ची खानेपानीको सुरुङमा आजदेखि पानी पठाएर परीक्षण गरिने मेलम्ची खानेपानीको सुरुङमा आजदेखि पानी पठाएर परीक्षण गरिने भएको छ । आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा भएपछि आजदेखि सुरुङमा पानी पठाएर परीक्षण गर्न लागिएको हो ।

खानेपानी मन्त्री मणि थापाको उपस्थितिमा आयोजनास्थलमै औपचारिक कार्यक्रम राखेर पानी भर्न सुरु गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । मेलम्चीको सुरुङमा गत असारमै पानि पठाएर परिक्षण गरिएको थियो ।

हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट नं १७ फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो । आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक एडीबीको अनुदान सहयोग अन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरेको थियो ।

विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको बताएको छ । परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);