मेलम्चीको पानी १ जनालाई १२७ लिटर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

मेलम्चीको पानी १ जनालाई १२७ लिटर

melamchi

काठमाडौं, २४ भदौ । खानेपानी मन्त्रालयले राजधानीवासी प्रत्येक व्यक्तिले दैनिक १ सय २७ लिटर मेलम्ची पानी उपयोग गर्न सक्ने जनाएको छ । सरसफाइ, पिउनलगायतका दैनिक पानी प्रयोग लागि मन्त्रालयले सीमा निर्धारण गरेको हो ।

मेलम्ची खानेपानी आयोजनाका अनुसार प्राविधिकलगायतको सम्पूर्ण डिजाइन त्यसै किसिमले तयार गरिएको छ । ‘पानीको मात्रा त्यसै किसिमले वितरण गरिन्छ, वितरण प्रणालीलाई त्यही किसिमले जडान गरिएको छ,’ आयोजना निर्देशनालयका प्रमुख त्रिरेशप्रसाद खत्रीले भने, ‘पाइप बिछ्याउने, पानी पोखरी (ठूला पानी ट्यांककी) निर्माण गरिसकेका छौं, पानी पनि त्यसै किसिमले वितरण गर्छौं ।’

मेलम्ची, याङग्री र लार्के खोलाबाट करिब ५१ करोड लिटर पानी उपत्यकामा भित्रिने उल्लेख गर्दै उनले ४० लाख जनताले सामानुपातिक हिसाबले पानीको उपयोग गर्न सक्ने बताए । थोक वितरण प्रणाली (मुख्य) को ७६ मध्ये ७५ किमि पाइप बिछ्याउने काम सम्पन्न भइसकेको उनले बताए । त्यसमध्ये ४० किमि पाइपको टेस्टसमेत भइसकेको छ । साथै, १० वटा पानी पोखरीमध्ये ७ वटाको पानी हालेर परीक्षण भइरहेको छ ।

हाल सुन्दरीजलबाट बाग्मतीको पानी नयाँ पाइपबाट दैनिक ३ करोड लिटर दरले ल्याउने काम भइरहेको उनले बताए । ‘महाकाल पोखरीमा ल्याएर त्यहाँ पाइपमा पठाएर अन्य पोखरीमा पठाएर परीक्षण गरिराखेका छौं,’ उनले भने, ‘त्यसपछि बस्तीमा पठाएका पाइपको पनि परीक्षण गर्छौं ।’ अहिले मुख्य पाइपको मात्र परीक्षण भइरहेको उनले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);