आफ्नै मुख्य न्यायाधीश सम्मिलित इजलाशको आलोचना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आफ्नै मुख्य न्यायाधीश सम्मिलित इजलाशको आलोचना

Uchcha-adalat-Patan-adala

काठमाडौं, २४ भदौ । उच्च अदालत पाटनले जिल्ला अदालतमा विचाराधीन मुद्दाका विषयमा ‘अन्तरिम आदेश’ जारी गरेको भन्दै आफ्नै मुख्य न्यायाधीश सम्मिलित इजलासको कामकारबाहीको आलोचना गरेको छ ।

दुई पेट्रोल पम्पमा सिलबन्दी गरिएका विषयमा जारी भएको अन्तरिम आदेशमाथि टिप्पणी गर्दै उच्च अदालतले यसरी आदेश जारी गर्दा ‘न्यायिक अराजकता’ हुने भनी टिप्पणी गरेको हो । अन्तरिम आदेश गर्ने इजलासमा हाल सरुवा भई सुर्खेत पुगेका मुख्य न्यायाधीश कुमार चुडालसमेत थिए ।

जिल्ला अदालतमा विचाराधीन मुद्दाका विषयमा रिट निवेदनमाथि विषयवस्तुमा प्रवेश गरेको भन्दै उच्च अदालत पाटनले माथिल्ला अदालतबाट तल्लो अदालतमा हस्तक्षेप हुन नहुने राय दिएको हो ।
‘यस विवादका सम्बन्धमा अधिकार क्षेत्र रहेको काठमाडौं जिल्ला अदालतमा प्रस्तुत विषय विचाराधीन रहेको छ,’ न्यायाधीशहरू श्रीमणकुमार गौतम र टेकनारायण कुँवरको फैसलामा भनिएको छ, ‘कानुनले तोकेको क्षेत्राधिकार रहेको अदालतमा विचाराधीन विषयमा वैकल्पिक उपचारको बाटो अख्तियार गरी दायर हुन आएको निवेदनबाट जिल्ला अदालतको मुद्दाको निर्णयमै असर पर्नेगरी हेर्न मिल्दैन । यस किसिमको अभ्यास गर्दै जाने हो भने कानुन निश्चितताको अवस्था समाप्त भई न्यायिक अराजकता सिर्जना हुन जान्छ ।’ उच्च अदालतले जिल्ला अदालतको स्वतन्त्र न्यायिक क्षेत्राधिकारमा मुद्दामा प्रभाव पर्ने गरी आदेश गर्न नमिल्ने पनि राय दिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);