मेलम्ची खानेपानीको एक सन्देश : सपना नभई विपना हुँदैन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

मेलम्ची खानेपानीको एक सन्देश : सपना नभई विपना हुँदैन

काठमाडौं, २३ फागुन । शनिबार अपरान्ह चार बज्नै लाग्दा २७ किलो मिटर पार गरेर सुन्दरीजलमा मेलम्चीको पानी खस्यो । हेर्दा यो सामन्य पानी देखिए पनि दुई दशक अगाडि तत्कालीन प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईले देखेको सपना थियो त्यो ।

भट्टराईले मेलम्चीको पानीको सपना देख्दा उनलाई धेरैले नराम्ररी उडाएका थिए । विरोधीहरुले बारम्बार प्रश्न गरेका थिए ‘कतै मेलम्चीको पानी काठमाडौं उपत्यकामा चढ्न सक्छ? । तर यो उपत्यकामा चढ्ने मात्र होइन शनिबार झर्‍यो नै ।

झण्डै दुई दशक लामो सुन्दरीजल जोड्ने यो सुरुङले धैरवटा सरकार ब्याहोर्‍यो, धेरै बिभागीय मन्त्री र धेरै निर्देशक भोग्यो। तर यो अविरल बग्छ मेलम्ची भने झै ढिलो चाँडो बामे सरि रह्यो र हिजो शनिबार यसले पूर्णता पायो ।

नेपालमा नकारात्मक टिप्पणी गर्नेको लर्को धेरै हुने गरेको छ । त्यसैले मेलम्चीको सपना देख्दा तत्कालीन प्रधामनन्त्री कृष्णप्रसाद भट्टराई माथि यस्ता टिप्पणीको बर्षा भईरह्यो । तर उनी सतिसाल झै ठडिई रहे । मेलम्चीको काम बामे सर्दै अगाडि बढ्यो ।

मेलम्चीको पानी काठमाडौंमा झरेपछि ईतिहासले एउटा पाठ सिकाएको छ ‘सपना कसै न कसैले देख्नुपर्छ’। त्यो तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले देखेको त्यो सपना शनिबार दिन पुरा भयो ।

शनिबारको संयोग यस्तो भयो कि अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले टनेलको स्वीच अन गरेर पानी सुन्दरीजलमा खसाएका थिए। संयोग यसकारण भन्न खोजिएको हो कि ओलीलाई पनि स्वप्नद्रष्टा प्रधानमन्त्रीका रुपमा लिने गरिएको छ । प्रधानमन्त्री ओलीले पानी जाहाजको सापना सार्बजनिक गर्दा प्रधामनन्त्री निवास बालुवाटार बाहिर उनको खिल्ली उडाईयो । कागजको पानी जहाज बनाएर उन माथि कटाक्ष गरियो । तर अहिले चतरा देखि भोजपुर सम्म पानी जाहज चलेको कुरा चर्चा सम्म गरिएको छैन । प्रधानमन्त्री ओलीले तुईन विस्थापानको कुरा गर्दा त्यसलाई पनि खिल्ली उडाइयो । तर अहिले त्यो लगभग विस्थापित भईसकेको छ ।


प्रधानमन्त्री ओलीले रेल सपना देखे त्यसलाई पनि कटाक्ष गरियो । अहिले रेलमार्ग निर्माण तीब्र गतिमा भइरहेको छ । वर्तमान प्रधानमन्त्रीले उद्घाटन गर्न भ्याउलान कि नभ्याउलान तर मेलम्चीको पानी झै कुनै प्रधानमन्त्रीले रेल सपना पुरा भएको दिन त्यसको उद्घाटन गर्ने छन् । उहिले भट्टराईले देखेको मेलम्ची सपना अहिले आएर पुरा भएझै अहिले प्रधानमन्त्री ओलीले देखेको रेल मार्गको सपना पनि एक दिन पुरा हुने छ।


फागुन १० गते परीक्षणका लागि सुरुङमा हालेको पानी शनिबार सफल भएको छ । यसलाई अब छिट्टै वितरण गरिने छ । केही दिनको परीक्षण पछि उपत्यकावासीले दैनिक १७ करोड लिटर पानी उपभोग गर्न पाउने छन् । गत असारमा नै परीक्षणका लागि सुरुङमा हालिएको पानी हेलम्बुको अम्बथानमा गेट भत्किए पछि सफल हुन सकेन । सो गेट भत्कँदा एक ईन्जिनियर र चालकले ज्यान गुमाउनु परेको थियो । त्यसपछि केही समयका लागि परीक्षण कार्य स्थगित भएको रह्यो । सो गेट मर्मतपछि १२ दिन पहिला पानी सुरुङमा छोडिएको थियो । हाल प्रति सेकेण्ड २ सय ६० लिटर पानी हालिएको छ । यो पानी सुन्दरीजलमा झरे लगतै एउटा कुरा प्रमाणित भएको छ सपना नभई विपना हुँदैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);