बहुप्रतिक्षित सिस्नेखोला दहचोक सुरुङमार्ग ८ महिनामा ४ प्रतिशत मात्रै भौतिक प्रगति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बहुप्रतिक्षित सिस्नेखोला दहचोक सुरुङमार्ग ८ महिनामा ४ प्रतिशत मात्रै भौतिक प्रगति

काठमाडाैं, २९ असार । सरकारले विशेष प्राथमिकता दिएका अधिकांश राष्ट्रिय गौरवका आयोजना अधुरै छन् । त्यस्तै राष्ट्रिय गौरवको आयोजना मध्येको कान्छो आयोजना सिस्नेखोला दहचोक सुरुङमार्गको प्रगति पनि टीठ लाग्दो छ । ४२ महिनामा सम्पन्न गर्ने गरि गएको नोभम्बरमा शिलन्यास भएको हालसम्म ४ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।

राष्ट्रिय गौरवको आयोजना सिस्नेखोला दहचोक सुरुङमार्ग ४२ महिना भित्र सम्पन्न गर्ने शुरु भएको हो । गएको र्काितकमा धुमधाम तयारीकासाथ प्रधामन्त्री केपी ओली उदघाटन गरेको सिस्नेखोला दहचोक सुरुङमार्गमा ८ महिनामा ४ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । २ वटा फ्लाईओभर सहित निमार्ण हुन लागेको सुरुङमार्ग निमार्णका लागि जापान सरकारको सहयोग हो ।

१७ अर्बको लागतमा निर्माण हुन लागेको यो आयोजनाको कुल लम्बाई २ दशमलव ७ किलोमिटर रहेको छ ।यस सुरुङमार्गको चौडाई ९ मिटरको हुनेछ । यो सरुङमार्ग निर्माणपछि उपत्यका प्रवेशको जाम घट्नेछ । समय र लागत कम हुनेछ। नागढङगाको जाम हुनेछैन । यति धेरै सवारीसाधन र मालबाहक हिडने बाटो यति घुमाउरो साँघुरो र कष्टकर हुने छैन । सुरुङमार्गको निर्माणमा अहिले सम्मकै उच्चतम प्रविधि प्रयोग गरीने जनाएको छ ।

सतुङ्गलबाट यस सुरुङमार्गको प्रवेशमार्गसम्म पुग्न दुईवटा ‘फ्लाई ओभर’ निर्माण गर्नुका साथै पुल र बक्स कल्भट गरी ८ वटा निर्माण गरिने छ । त्यसैगरी सुरुङमार्गको प्रवेशद्वारनजिकै ‘मेन्टिनेन्स बिल्डिङ’, ट्राफिक अनुगमन प्रणाली जडान गरिने छ ।नेपालकै पहिलो सुरुङमार्गको रुपमा रहेको सिस्नेखोला सुरुङमार्ग ८ महिनामा ४ प्रतिशत मात्र भौतिक प्रगतिले लक्ष्य भेटाउन कठिन छ ।

सरकारले राष्ट्रिय प्राथमिकतामा राखेका राष्ट्रिय गौरवका अधिकांश आयोजनाको प्रगति उस्तै उस्तै छ । त्यस्तै ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य राखेको गरेको राष्ट्रिय गौरवको आयोजना सिस्नेखोेला दहचोक सुरुङमार्ग प्रगति पनि उही प्रवृत्तिमा गुज्रिरहेको छ । सरकारले पटक पटक गौरवका आयोजनामा जोड दिने बताउदै आएपनि सिस्नेखोला सुरुङमार्गको प्रगति पनि सुस्त हुनुले तोकिएको समयमा पुरा नहुने संकेत देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);