तातोपानीले स्नान गर्न सकिने पोखरी निर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

तातोपानीले स्नान गर्न सकिने पोखरी निर्माण

म्याग्दी,२९ असार ।  म्याग्दीको रघुगंगा गाउँपालिका–४ दर्मिजामा पर्यटकलाई लक्षीत गरी तातोपानीले स्नान गर्न सकिने पोखरी निर्माण गरिएको छ । रघुगंगा नदीको किनारमा रहेको मुहानबाट निस्कने प्राकृतिक तातोपानी संकलन गरेर स्नान गर्न मिल्ने दुई वटा पोखरी निर्माण गरिएको हो ।

पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उदेश्यले म्याग्दीको रघुगंगा गाउँपालिका–४ दर्मिजामा प्राकृतिक तातोपानी संकलन गरेर पोखरी निर्माण गरिएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा पोखरी निर्माण गरिएको हो । दर्मिजा गाउँको फेदीमा रहेको सो ठाउँमा ५० डिग्री सेल्सियस भन्दा बढी तातोपानी निस्कने मुहान छ ।

मुहानको पानी संकलन गरेर बनाईएको पोखरीमा स्नान गरेमा छालासम्बन्धी, चोटपटक लागेको, सुन्निने जस्ता स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।यसअघि त्यहाँ एउटा मात्र पोखरी थियो । पर्यटकलाई लक्षित गरेर फेरी अर्को नयाँ पोखरी निर्माण गरिएको हो ।

प्राकृतिक तातोपानीको पोखरी निर्माण कार्यले पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको स्थानीयको भनाई छ ।स्थानीय स्तरमा भएका पर्यटकिय क्षेत्रको पहिचान गरि त्यसको विकासमा सरकारको भुमिका महत्वपुर्ण हुन्छ । स्थानीय सरकारले पनि यस्ता पर्यटकिय क्षेत्रहरुको विकास निर्माण गरि पर्यटन प्रवद्र्धनमा जोड दिनु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);