सागको उद्घाटन भईसक्दा अझै सकिएन हिटिङ स्वीमिङ पुलको निर्माण | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

सागको उद्घाटन भईसक्दा अझै सकिएन हिटिङ स्वीमिङ पुलको निर्माण

sag udghatan

प्रतिक्षा शर्मा

काठमाडौं, १६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन भईसक्दा पनि सातदोबाटो स्थित हिटिङ पौडी पोखरीको निर्माण अझै सकिएको छैन । सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्माण भइरहेको पौडी पोखरीमा पानी त हालिएको छ । तर पानी तताउने लगायत अन्य प्राविधिक निर्माण भने अझै जारी छ ।

हिटिङ प्रणाली नेपालमा पहिलो पटक जडान हुन लागेको पौडी पोखरीको तयारी लगभग पुराहुन लागेको छ । हिटिङ पौडी पोखरीमा खेलाडीका लागि चाहिने स्ट्याण्ड लगायतका प्राविधिक पक्ष जडान भइसकेका छन् । भने पोखरी बाहिरको क्षेत्रमा टायल हाल्ने काम धमाधम भइरहेको छ । चेन्जिङ रुम र दर्शक बस्ने स्थानको निर्माण सकिन लागेको छ । पौडी पोखरी निर्माणमा खटिएका इन्जिनियर सबिन मर्हनजले पोखरीमा पानी हाल्ने काम भइसकेको र अव हिटिङको तयारी गरिरहेको बताउनुभयो ।

पोखरीमा १३ लाख लिटर पानी हालिनेछ । त्यसका लागि रिजर्भ ट्यांकीबाट पानीको व्यवस्था गरिएको छ । पानी तातो पारेर हालेपछि हिटिङ प्रणालीको परिक्षण हुनेछ । पौडी पोखरी बाहिरको स्थिति भने गञ्जागोल छ । पोखरी वरीपरीको क्षेत्र धुलाम्मे छ । छोटो समयमा धेरै काम गर्न पर्ने भएपनि सागको पौडी खेललाई कुनै असर नपर्ने गरिकाम गरेको पौडी संघका अध्यक्ष अशोक रत्न बर्जाचायले बताउनुभयो ।

जोडोको समयमा नेपालमा अभ्यास गर्न र खेल्नका लागि पौडी पोखरीको व्यवस्था छैन । यो समस्या राष्ट्रिय खेलाडीले अझ बढी भोग्दै आएका छन् । प्रतियोगीताको लागी पोखरी निर्माण नभइजेलसम्म लिङकन स्कुलको पोडी पोखरीमा प्रशिक्षण भइराखेको अध्यक्ष बर्जाचार्यले जानकारी दिनु भयो ।

सातदोबाटोमा बनिरहेको हिटिङ पौडी पोखरीले अब त्यो समस्या समाधान गर्ने अपेक्षा गरिएको छ । हिटिङ पौडी पोखरीको निर्माणले खेलाडीलाई १२ महिनानै प्रशिक्षण गर्न मिल्ने र वर्षभरी प्रतियोगिता आयोजना गर्न सहज हुने अपेक्षा गरिएको छ । २०३८ सालदेखि शुरु भएको नेपाल पौडी संघ अहिले पौडी विकासमा जोडतोडले लागेको छ ।

पौडीका लागि भनेर ललितपुरको सातदोबाटोमा एक मात्र अन्तराष्ट्रिस्तरको पौडी पोखरी छ । कहिले पानी, कहिले पोखरीको समस्याले पौडी पोखरी राम्रोसंग सञ्चालनमा आउन सकेको छैन । मौसमी खेलका रुपमा चिनिएको पौडीलाई बर्षभरी खेल्न योग्य बनाउन सरकार र पौडी संघको लगानीमा हिटिङ सिस्टमको पौडी पोखरी नेपालमा पहिलो पटक निर्माण भएको हो । कुल २३ करोड रुपैयाँमा निर्माणाधिन पौडी पोखरीमा संघले २० प्रतिशत र बाँकी सरकारले लगानी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);